पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्छ : कांग्रेस सहमहामन्त्री पाण्डे « Khabarhub

पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्छ : कांग्रेस सहमहामन्त्री पाण्डे


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् ।

कांग्रेस संस्थापन इतर समूहको आज काठमाडौँमा बसेको बैठकमा उनले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले पार्टी पङ्क्ति र जनतामा निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए ।

उनले कांग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्नेबारेमा सोच्नुपर्ने बेला आएको उल्लेख गरे । कांग्रेसका अर्का सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्यरुपमा कांग्रेसले लिन नमिल्ने बताए ।

उनले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको उल्लेख गरे । उनले राजनीतिकरुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरङ्गीत बनेको बताए ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : २० बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

प्युठान– १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्रयाक्टर

गोरखा– केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार)

स्थानीय तहबाटै प्यान कार्ड जारी

गोरखा– हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलो पटक स्थायी लेखा नंम्बर

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह

नेपालगञ्ज– द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन