गण्डकी–११ विरुद्ध स्पेनी फुटबल क्लब कासेरेन्योको सहज जित « Khabarhub

गण्डकी–११ विरुद्ध स्पेनी फुटबल क्लब कासेरेन्योको सहज जित


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्योले मैत्रीपूर्ण फुटबल खेलमा गण्डकी–११ माथि सहज जित हासिल गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३–० को फराकिलो जित निकालेको हो । कासेरेन्योले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरी सहज जित निकाल्यो । कासेरेन्योको जितमा कार्मेलो, मिचेल कारिलेरो र बेर्मुले समान एक गोल गरे ।

खेलको २३ औँ मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ३०औँ मिनेटमा मिगुएलले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ९०औँ मिनेटमा बेर्मुले गोल गरेपछि घरेलु टोलीलाई फराकिलो अन्तरले हराउँदै कासेन्योले खेल जितेको हो ।

‘शान्तिका लागि फुटबल’ भन्ने मूल नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनिसल टोली मैत्रीपूर्ण खेलका लागि पोखरा आएको हो । स्पेनको टोलीमा केही विश्वकप खेलिसकेका खेलाडीसमेत आबद्ध थिए ।

खेलपछि स्पेनका प्रशिक्षक जुलिओ कोबोसले नेपाल आएर खेल्न पाउँदा खुसी लागेको बताए । उनले नेपाली टोलीको तीव्र गतिमा खेल्ने शैली आफूहरूलाई मन परेको उल्लेख गरे ।

गण्डकीका प्रशिक्षक राजेन्द्र तामाङले स्पेनिस टोलीले शारीरिक र प्राविधिकरुपमा राम्रो खेलेको बताउँदै आफ्नो टोलीले केही सिक्ने अवसर प्राप्त गरेको बताए ।

गण्डकीका कप्तान अनिल गुरुङले स्पेनको बी डिभिजनको उत्कृष्टमध्येको एक क्लबसँग पोखरामा फुटबल खेल्न पाउनु खेलाडी र दर्शकका लागि ठूलो उपलब्धि भएको बताउँदै यस खेलले आगामी दिनमा थप खेल खेल्नका लागि सुरुआत भएको बताए । स्पेनको सो टोलीले काठमाडौँमा पनि एक मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ३४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको