गण्डकी–११ विरुद्ध स्पेनी फुटबल क्लब कासेरेन्योको सहज जित « Khabarhub

गण्डकी–११ विरुद्ध स्पेनी फुटबल क्लब कासेरेन्योको सहज जित


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्योले मैत्रीपूर्ण फुटबल खेलमा गण्डकी–११ माथि सहज जित हासिल गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३–० को फराकिलो जित निकालेको हो । कासेरेन्योले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरी सहज जित निकाल्यो । कासेरेन्योको जितमा कार्मेलो, मिचेल कारिलेरो र बेर्मुले समान एक गोल गरे ।

खेलको २३ औँ मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ३०औँ मिनेटमा मिगुएलले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ९०औँ मिनेटमा बेर्मुले गोल गरेपछि घरेलु टोलीलाई फराकिलो अन्तरले हराउँदै कासेन्योले खेल जितेको हो ।

‘शान्तिका लागि फुटबल’ भन्ने मूल नाराका साथ लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनिसल टोली मैत्रीपूर्ण खेलका लागि पोखरा आएको हो । स्पेनको टोलीमा केही विश्वकप खेलिसकेका खेलाडीसमेत आबद्ध थिए ।

खेलपछि स्पेनका प्रशिक्षक जुलिओ कोबोसले नेपाल आएर खेल्न पाउँदा खुसी लागेको बताए । उनले नेपाली टोलीको तीव्र गतिमा खेल्ने शैली आफूहरूलाई मन परेको उल्लेख गरे ।

गण्डकीका प्रशिक्षक राजेन्द्र तामाङले स्पेनिस टोलीले शारीरिक र प्राविधिकरुपमा राम्रो खेलेको बताउँदै आफ्नो टोलीले केही सिक्ने अवसर प्राप्त गरेको बताए ।

गण्डकीका कप्तान अनिल गुरुङले स्पेनको बी डिभिजनको उत्कृष्टमध्येको एक क्लबसँग पोखरामा फुटबल खेल्न पाउनु खेलाडी र दर्शकका लागि ठूलो उपलब्धि भएको बताउँदै यस खेलले आगामी दिनमा थप खेल खेल्नका लागि सुरुआत भएको बताए । स्पेनको सो टोलीले काठमाडौँमा पनि एक मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ३४ बजे

प्रक्षेपणअनुसार बाढीको खतरा छैन : मौसम विभाग

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले शनिबार जारी गरेको विशेष

‘ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’

जनकपुरधाम– मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद

कांग्रेस-नेकपा गठबन्धनविरुद्ध उभिएका झलनाथको छुट्टै तयारी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नेपाली कांग्रेससँगको गठबन्धनको

विश्वकप फाइनलअघि मेस्सीको भावुक सन्देश, ‘उपाधिभन्दा सुन्दर हाम्रो यात्रा हो’

काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले विश्वकपको फाइनलअघि सम्पूर्ण अर्जेन्टिनी समर्थक

इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार

जाकार्ता– पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन