आज २०७८ माघ १५ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ माघ १५ गते शनिबारको राशिफल


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ माघ १५ गते शनिबार ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ –

मेष : आजको. दिन राम्रो छ। सन्तानबाट उत्साह मिल्नेछ। विद्या र व्यापारबाट राम्रो लाभ पाउनुका साथै सोचेका कामहरु सूचारु हुनेछन्। मान्यजनबाट सहयोग मिल्नेछ।

वृष : आजको दिन त्यत्ति राम्रो छैन। यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ। लेनदेनमा अगाडि नबढ्नुहोला। व्यापार व्यवसायमा घाटा। अध्ययन अध्यापनमा रुची घट्नेछ।

मिथुन् : आजको दिन फाइदाजनक रहेको छ। दाम्पत्य जीवनमा सुखद् रहनेछ। श्रीमान श्रमतीको सल्लाहले गरेको कार्यहरुबाट धेरै सफलता हात पर्ला।

कर्कट : त्यत्ति राम्रो छैन। आफन्तबाट अपमान हुन सक्नेछ। भय त्रास समग्रमा राम्रो छैन।

सिंह : आजको दिन निकै राम्रो दिन रहेको छ। आफूले गर्न खोजेका कामहरु सूचारु हुनेछन्। अफ्टेरोमा परेका व्यवहार बन्दै जाने सम्भावना छन्। नसोचे्को सफलतासमेत हात पर्नेछन्।

कन्या : शुभ फलदायक रहेको छ। आफ्रभन्दा ठूला मानिसबाट आदर सम्मान पाउनुका साथै निकै फलदायिक रहेको छ।

तुला : भाग्य उदयको दिन बन्नेछ। सेयर लगानी केही गरेको भए सम्पत्ति उल्लेखनीय रुपमा बढ्ने। इष्टमित्रबाट सहयोगको निरन्तरता पाइनेछ।

वृश्चिक : दिन त्यत्ति शुभ छैन। आफन्तले समेत असहयोग गर्नेछन्। लेनदेनमा सतर्कता अपनाउनुपर्नेछ। पठनपाठनमा समेत आलश्य बढ्नेछ।

धनु : दिन राम्रो देखिएको छ। अध्ययन अध्यापनमा सफलता बढेको छ। बाहिरबाट धेरै सहयोग जुटे पनि आफन्तसँग सतर्कता अपनाउनुपर्नेछ।

मकर : दिन फलदायक छ। आफूले सोचेका काम गर्नुभन्दा पहिला गणेश भगवानलाई मनैमनले सम्झेर गरेका काम सफल हुनेछन्।

कुम्भ : दिन शुभ छ। आफ्ना दाजुभाइ दिदीबहिनीहरुबाट राम्रो सहयोग पाएपनि समकक्षीबाट सतर्क रहनुपर्ने छ।

मिन : दिन त्यत्ति उत्साहजनक छैन। आफ्नो नजिकै रहेका मित्रहरुबाट कुरा काट्ने सम्भावना छ। तीब्रगतिमा बाहन नचलाउनु, बोल्दा सोचेर मात्रै बोल्नुहोला। कुरा काट्ने बढ्नेछन्।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ५ : ०८ बजे

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र