फुङ्लिङमा बुष्टरडोज, बालबालिकालाई दोस्रो खोप « Khabarhub

फुङ्लिङमा बुष्टरडोज, बालबालिकालाई दोस्रो खोप


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकामा कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज दिइने भएको छ ।

१५ माघ २०७७ देखि २०७८ असार मसान्त सम्म कोभिशिल्ड लगाएका ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज सञ्चालन गर्ने निर्णय जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले गरेको हो ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका- ४ वडा कार्यालय र तोक्मेडाँडामा नियमित खोप सञ्चालन भइरहेको छ । तिनै खोपकेन्द्रमार्फत बुष्टरडोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।

यसअघि खोपको पहिलो मात्रा लगाएका बालबालिकालाई १६ माघबाट २१ गतेसम्म दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार १६ माघदेखि १८ सम्म फुङ्लिङ नगरपालिकाभित्र तथा १७,१८,१९ र २० माघमा पाथीभरा याङ्वरक,आठराइ त्रिबेणी, मैवाखोला र मेरिङ्देन गाउँपालिकामा खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १३ बजे

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको

बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राईको सुरुवाती अग्रता

नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फको

भक्तपुर-२ मा महेश बस्नेत अगाडि

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपानेको अग्रता, रवीन्द्र मिश्र तेस्रो

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु