फुङ्लिङमा बुष्टरडोज, बालबालिकालाई दोस्रो खोप « Khabarhub

फुङ्लिङमा बुष्टरडोज, बालबालिकालाई दोस्रो खोप


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिकामा कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज दिइने भएको छ ।

१५ माघ २०७७ देखि २०७८ असार मसान्त सम्म कोभिशिल्ड लगाएका ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज सञ्चालन गर्ने निर्णय जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले गरेको हो ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका- ४ वडा कार्यालय र तोक्मेडाँडामा नियमित खोप सञ्चालन भइरहेको छ । तिनै खोपकेन्द्रमार्फत बुष्टरडोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।

यसअघि खोपको पहिलो मात्रा लगाएका बालबालिकालाई १६ माघबाट २१ गतेसम्म दोस्रो मात्रा लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार १६ माघदेखि १८ सम्म फुङ्लिङ नगरपालिकाभित्र तथा १७,१८,१९ र २० माघमा पाथीभरा याङ्वरक,आठराइ त्रिबेणी, मैवाखोला र मेरिङ्देन गाउँपालिकामा खोपको दोस्रो मात्रा लगाइने भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : १३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि