चौतारी अध्यक्ष र महासचिवको फेसबुकमै 'तँ तँ र म: म' | Khabarhub Khabarhub

चौतारी अध्यक्ष र महासचिवको फेसबुकमै ‘तँ तँ र म: म’

ओलीको ‘दलाल’ प्रचण्ड र योगेशको ‘खास मान्छे’!


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केपी ओली र माधवकुमार नेपाल अलगअलग पार्टी अध्यक्ष भए पनि नेकपा (एमाले)भित्र उनीहरुको गुट युद्ध बाँकी छ।

१० बुँदे सहमतिपछि माधव नेपाल समूहका १० नेता पार्टी अध्यक्ष ओलीसँगै मिलेपछि एमाले पार्टीबाट वरिष्ठ नेता नेपाल अलग भए पनि उनको गुट त्यहाँ जीवित छ।

त्यो गुट शीर्ष नेतृत्वदेखि भातृ संगठनसम्म देखिन्छ। केपी ओली गुटका पहरेदार प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र माधव नेपाल गुट छोडेर एमालेमै बसेका चौतारी महासचिव राजेश राईबीचको विवाद शुक्रबार राति छताछुल्ल भएको हो।

शनिबार चौतारीले आयोजना गरेको कार्यक्रमको विषयमा आफूलाई जनकारी नभएको भन्दै महासचिव राईले अध्यक्ष बस्नेतसँग आपत्ति जनाएपछि चौतारी अध्यक्ष र महासचिवको विवाद छताछुल्ल भएको हो।

पार्टी एकताका लागि भएको १० बुँदे सहमति अनुसार योगेश भट्राई ओली गुटमा लागेपछि एमालेमै रोकिएका महासचिव राईप्रति अध्यक्ष बस्नेत रुष्ट छन्। मन नमिले पनि गुटका नेता मिलेपछि बाध्यताले चौतारीमै रोकिएका राईले बस्नेतसँग फोन संवाद गरे लगत्तै बस्नेतले राईविरुद्ध फेसबुकमा लेखेका हुन्।

राईले फोन गरेर आफू माधव गुटको भएको र माधव नेपालले चौतारी सकाउन पठाएको बताएको भन्दै बस्नेतले तल्लो स्तरको स्टाटस लेखेका छन्। राईले आफूलाई केपी ओलीको दलाल भनेको बस्नेत स्वयम्ले लेखेका छन्। ‘हेलो प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत, तँ त एमाले र केपी ओलीको दलाल रहिछस, म महासचिव हुँ, म त प्रचण्ड, जुगल र योगेशको खास मान्छे हुँ, तँ त केपी ओली र एमालेको खास मान्छे रहिछस्’, राईलाई उद्धृत गर्दै बस्नेतले लेखेका छन्, ‘अब मलाई केही नभन्नु, म प्रेस चौतारीको नाममा केही पनि गर्न दिन्न, म त माधव नेपालको खास मान्छे हुँ बुझिस्। माधव कमरेडले तेरो संगठन सकाउन मलाई पठाएको हो।’

मलाई ‘इमोसनल ब्लाकमेलिङ’ भयो : महासविच राई

उता राईले भने आफूलाई शनिबारको कार्यक्रमबारे जानकारी किन नगराएको भनेर प्रश्न मात्र गर्दा इमोसनल ब्लाकमेलिङ भएको बताएका छन्। बस्नेतको स्टाटसको स्क्रिन सट राख्दै राईले उनको भनाइप्रति आपत्ति जनाएका हुन्।

राईले बस्नेतको स्टाटस पढेर आफू अचम्भित भएको उल्लेख गरेका छन्। शुक्रबार राति १० बजेर चार मिनेट जाँदा तीन मिनेट कुरा भएको कार्यक्रमबारे महासचिवले फेसबुकबाट थाहा पाएँ भनेको मात्र उल्लेख गरेका छन्। राईले कार्यक्रमको विषयमा आफ्नो आपत्ति जनभएको भन्दै थपेका छन्।
राईको स्टाटस जस्ताको तस्तै :

भर्खरै हाम्रो प्रिय तथा गौरवशाली संगठनका अध्यक्ष क.गणेश वस्नेतज्यूको स्टाटस पढेँ । म बढो अचम्भित भएको छु । अघि १० : ४ मिनेट गएको बेला उहाँसँग ३ मिनेट संवाद भएको थियो । बिषय थियो, ‘भोलीको कार्यक्रम ।’ मैले उहाँलाई भनेको थिएँ, ‘भोली प्रेस चौतारी, नेपाल केन्द्रीय कमिटीले अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको कुरा फेसबुकतिर हेरेँ । म पनि महासचिव हुँ । यसो थाहा दिएको भए हुने थियो नी अध्यक्षज्यू ।’ कार्यक्रम र बिषयप्रति मेरो आपत्ती हुँदै होइन । कार्यक्रम आयोजनाप्रति पनि होइन । ‘मात्रै थाहा दिएको भए अझैं प्रभावकारी बनाउन सकिन्थ्यो भन्ने मेरो भावना मात्रै हो । महासचिव हुँ ।
कार्यक्रम बारेमा पूर्वजानकारी भए कार्यक्रमको प्रभावकारितामा योगदान गर्न सक्छु भन्ने भावना न हो । तर उहाँले संवादमा हुदैँ नभएको काल्पनिक कुरो लेख्नु भएछ । कुनै बिषयमा संगठनका अध्यक्ष र महासचिवबीच संवाद हुनु वा तर्क विर्तक हुनु कुनै नयाँ कुरा होइन भन्ने लाग्छ । तर संवादमा हुदैँ नभएको काल्पनिक कुरा लेखेर प्रिय साथीहरुको ‘इमोसनल ब्लाकमेलिङ’ गर्नु राम्रो होइन । हो, म हिजोको अन्तरसंघर्षमा फरक कित्तामा उभिएको हुँ । तर त्यस यता पार्टी र संगठनमा धेरै बदलाब आइसकेको छ । तर उहाँलाई लाग्यो होला, ‘यो बिषयमा ट्याग हाल्दा मलाई सजिलो हुन्छ ।’
यो संगठन हाम्रा धेरै अग्रजहरुको कष्टसाध्य त्याग र तपाई हाम्रो निरन्तरको संघर्ष बलमा यो उचाईमा आइपुगेको हो । यो गौरवमय इतिहासलाई निरन्तरता दिनु आजको हाम्रो चुनौती हो । तर हामी जस्तो नेतृत्वमा रहेकाहरुले नै यसप्रकारको ‘अल्लारे’ प्रवृत्ति देखाउनु राम्रो होइन भन्ने लाग्छ । अध्यक्षज्यूको पनि त्यो नियत नहुन सक्छ । राती अबेर स्टाटस लेख्नु भएको छ । निद्रा वा अरु कुनै कारण पनि हुनसक्छ । अहिले नै उहाँको नियतमाथि प्रश्न गर्दिनँ । धेरै साथीहरुको असाध्यै बढी टेलीफोन आएको कारण मात्रै लेख्न बाध्य भएको हुँ । नत्र संगठनको यसप्रकारको बिषयमा सार्वजनिक रुपमा लेख्ने मेरो रहर थिएन । यो मेरो बाध्यता बुझीदिनुहोला । अध्यक्षज्यूले सार्वजनिक खपतको निम्ती गर्नुभएको काल्पनिक ‘इमोसनल ब्लाकमेलिङ’ले संगठनलाई माया गर्ने धेरै कर्मठ साथीहरुको भावनामा परेको चोटप्रति म माफी माग्दछु । संगठनको बिषयमा सार्वजनिक रुपमा लेख्नु पर्दाको पीडा र बाध्यता म यहाँ व्यक्त गर्न सक्दिन ।
धन्यवाद !!

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ७ : ४५ बजे

आज २०८१ साल असोज २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ