सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु « Khabarhub

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।

बैठकमा आगामी निर्वाचनबारे छलफल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले खबरहबलाई जानकारी दिएका छन्।

शुक्रबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् ।

तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचन चाहन्छन् । त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ ।

यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी थिइन् ।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी कार्तिकदेखि मिति तोक्न पटक-पटक ताकेता गर्दा पनि सत्ता गठबन्धन तयार नहुँदा मिति घोषणा हुन सकेको छैन ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ३५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा