अमेरिकाबाट सुमनको ‘शंका’ « Khabarhub

अमेरिकाबाट सुमनको ‘शंका’


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ । यो सर्ट फिल्म सम्राट क्रियसन युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

फिल्मको छायांकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरिएको छ । फिल्ममा चुडामणी अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याललगायतको अभिनय छ ।

चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले व्यवस्थापनको काम गरेका छन । जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । रेनिश फागोको कलर र मुकेश साहको मिक्सिङ तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको फिल्ममा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गरेका छन् ।

श्रीमान–श्रीमती बिचमा हुने शंकाले कस्तो अबस्था निम्ताउछ भन्ने कुरा फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ । ‘मन परेपछि’, ‘नो स्मोकिङ’ जस्ता फिल्म निर्देशन गरेका सुमन नेपाल चलचित्र निर्देशक समाजका पुर्व उपाध्यक्ष हुन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ३७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको