‘माइ वाइफ इज एन एलियन’को ‘इन्डक्ल्याप’ « Khabarhub

‘माइ वाइफ इज एन एलियन’को ‘इन्डक्ल्याप’


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साइन्स फिक्सन वेब सिरिज ‘माइ वाइफ इज एन एलियन’को निर्माण गरिएको छ । यो सिरिजको शुक्रबार राजधानीमा इन्डक्ल्याप गरिएको हो ।

नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेब सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन् । सुमित सिंहको निर्देशन रहेको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ छन् । वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुन् ।

वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।

साइन्स फिक्सन वेब सिरिजमा बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय रहेको छ । आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको छ । सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहको कविता र गीत रचना, प्रिया नगरकोटी र सञ्जु ढकालको मेकअप र हेयर डिजाइन, सरोज दाहालको मुख्य सहायक निर्देशन र इश्वर घिमिरेको व्यवस्थापन छ । वेब सिरिज पाँच भाग निर्माण गरिएको छ ।

यही टिमको सहकार्यमा बन्ने फिल्म ‘सुपर धने’को पनि घोषणा गरिएको छ । अर्को वर्षको कार्तिक अर्थात नोभेम्बरबाट फिल्मको छायांकन थालिने निर्माण पक्षले जनाएको छ ।

हाल स्कृप्ट लेखन कार्य भैरहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको छायांकन नेपाल र युरोपमा गरिनेछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ४९ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु