नागरिकता नहुँदा समस्या « Khabarhub

नागरिकता नहुँदा समस्या


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कनकासुन्दरी गाउँपालिका–१ रियागाउँकी ३२ वर्षीया कमला बुढा ९कठायत० एक छोरी र एक छोरा छन् । स्थानीय स्याउ बगैँचामा मजदुरको रुपमा काम गर्दै आए उनी यही मजदुरीले छोराछोरी पालिरहेकी छिन् । ज्याला मजदुरीबाट बचेको केही रकम बैंकमा राख्न खोज्दा खाता खोल्न नपाएको उनले बताइन् । ३२ वर्षकी भइसक्दा पनि पति तथा माइती कतैबाट पनि नागरिकता नबनाइदिँदा उनी कसरी नागरिकता बनाउने होला भनेर रनभुल्लमा परेकी छिन् ।

घर झगडा परेपछि उनी अहिले एक्लै बस्छिन् । उनको विवाह दर्ता समेत नभएको बताइन । नागरिकता नहुँदा बैंकमा खाता खोल्नलगायत अन्य सार्वजनिक सेवाबाट समेत बञ्चित भएको उनले बताइन । कमलाको माइती घर पातारासी गाउँपालिका–७ पटमारा हो । रियागाउँका ३५ वर्षीय हस्त कठायतसँग उनले विवाह गरेकी थिइन । पति कठायतले नागरिकता र विवाह दर्ताको कुरा गर्नासाथै कुट्ने पिप्ने गरेको उनी बताउँछिन् । नागरिकता नहुँदा मतदाता नामावलीमा नाम टिपाउन समेत नपाएको उनले बताइन् । मतदाता नामावली नहुँदा अघिल्ला कुनै पनि निर्वाचनमा मतदानबाट पनि बञ्चित भएको उनले बताइन ।

नागरिकता अभावकै कारण कोरोनाविरुद्धको खोप लगाउन समेत हारगुहार गर्नु परेको उनले बताइन । खोप लगाउन नपाएको पत्रकार महासंघ शाखा जुम्लासँग गुनासो गरेपछि महासंघका अध्यक्ष नेत्र शाहीले सहायक प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेपछि कोरोनाको खोप लगाउन पाईएकी छन ।

८३ वर्षीया वृद्धाले अझै पाइनन् नागरिकता
चन्दननाथ नगरपालिका–४ बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीकसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन् । मुगुको कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै आएकी फुटीक कान पनि सुन्दिनन् । अपांग भए पनि उनीसँग अपाङ्गता परिचयपत्र पनि छैन ।

उग्रेन तेघोलिङ गुम्बाका काङ्सर लामाले गुम्बामा बास दिएर हेरविचार गर्दै आएका छन् । ‘बृद्धाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ । उनका भाइ भए पनि हेरविचार गर्दैनन् । खानासमेत मुस्किलले खान्छिन्, कान पनि सुन्दिनन्’ लामाले भने ।

फुटीकका दाजुभाईले पनि नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्ता समेत नपाएको लामाको भनाइ छ । अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपाल जुम्लाले राहत स्वरूप खाद्यान्न वितरण गरेपछि फुटीकलाई केही सहज भएको लामाले बताए ।

पातारासी गाउँपालिका–३ का वडाध्यक्ष बिर्खराम बुढाका अनुसार सांगे फुटीक पहिला यही वडामा बस्दै आएकी थिइन् । उनले भने, ‘उहाँको स्थायी ठेगाना मुगु हो । उहाँले त्यहाँबाट बसाईसराई गर्नु भएको छैन । बसाईसराई नभएपछि नागरिकता बनाउन समस्या भएको हो ।’ पत्रकार महासंघका पदाधिकारीले नागरिकता नहुँदा खोप लगाउनबाट बञ्चित भएको पीडितसहित प्रशासनमा आएपछि खोप लगाएको र नागरिकता पनि बनाउन पहल भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनले भनिन्, ‘पीडित कमला बुढाको नागरिकता उनका पति टेक बुढाबाटै बनाउने तयारी गरेका छौँ । पतिबाट सम्भाव नभएपछि माइती पक्षबाट पनि नागरिकता बनाउने छौँ ।’

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ४ : ०० बजे

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप