जनमत पार्टीले निकाल्यो साङ्लो जुलुस « Khabarhub

जनमत पार्टीले निकाल्यो साङ्लो जुलुस


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले ‘साङ्लो जुलुस’ निकालेको छ ।

आन्दोलनको पूर्वघोषित कार्यक्रमअनुसार जनमत पार्टीले आज मधेसका जिल्लासहित विभिन्न स्थानमा साङ्लो जुलुस निकालेको हो । जनमतका नेता तथा कार्यकर्ताले किसानहरूलाई मलखाद उपलब्ध हुनुपर्ने, बुधबार पक्राउ गरिएका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

जनमत पार्टीले ११ बुँदे माग राखी किसान आन्दोलन गर्दै आएको छ ।

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, कृषि उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, कार्यकर्ताहरूमाथिको मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग जनमतले राख्दै आएको छ ।

यसअघि, शुक्रबार पगडी जुलुस निकालेको जनमत पार्टीले आइतबार हलो जुलुस निकाल्ने जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ३ : २८ बजे

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको