३३३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

३३३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २८६ कोरोना संक्रमितको आईसीयूमा र ४७ को भेन्टिलेटरमा गरी कुल ३३३ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३४ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा १७ जना आईसियूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने बागमती प्रदेशमा १९८ जना आईसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ९ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र सुदुरपश्चिममा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : १५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको