अब विदेशबाटै विद्युतीय राहदानी बनाउन सकिने « Khabarhub

अब विदेशबाटै विद्युतीय राहदानी बनाउन सकिने


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– अब विदेशबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । मलेसियालगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी जनाएका छन् ।

कतारस्थित नेपाली दूतावास एक सूचना जारी गर्दै नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी नेपालमा राहदानी विभाग तथा केही जिल्लाहरुबाट जारी भईसकेको जनाउदै दूतावास दोहाबाट पनि केही हप्ता भित्रै ई-पासपोर्ट जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भईरहेको जनाएको छ ।

दूतावासका अनुसार नयाँ प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका अन्य कार्यहरुका गर्नका लागि जनवरी ३० तारिखदेखि अर्को सूचना जारी नभएसम्म यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरण गर्ने/नयाँ बनाउने कार्य स्थगन गरिएको जनाएको छ ।

अबको केही दिनभित्रै विद्युतीय राहदानी (ई पासपोर्ट) को लागि आवेदन लिने कार्य शुरुवात गरिने र दूतावासबाट सो सम्बन्धमा नयाँ सूचना जारी हुने जनाएको छ । अत्यावश्यक अवस्था अर्थात कतार बसाई अवैधानिक हुने अवस्था आएमा मात्र यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरणको लागि आवेदन लिईने जनाएको छ ।

राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिने दूतावासले जनाएको छ ।

यस्तै, साउदी अरबस्थित नेपाली दूतावासले पनि केही हप्ता भित्रै विद्युतीय राहदानी जारी गर्ने तयारी भइरहेको भन्दै जनवरी ३० देखि फेब्रुअरी १७ सम्मलाई एमआरपी नवीकरण नगर्ने भएको छ ।

दूतावासले सुचना जारी गर्दै तत्काल अत्यावश्यक नभएमा राहदानी नवीकरणका लागि आवेदन नदिन पनि अनुरोध गरेको छ । ई पासपोर्ट बनाउने प्रकृया, आवश्यक कागजात लगायतका विषयमा केही दिन भित्रै अर्को सुचना जारी गर्ने जनाएको छ ।

दूतावासले सूचना जारी गर्दै ई पासपोर्ट प्रणाली जडान गर्ने कार्य लगायतका अन्य तयारी गर्नुपर्ने भएका कारण एमआरपी नवीकरणको काम स्थगित गरिएको जनाइएको छ ।

तत्काल ईकामा नवीकरण गर्नुपर्ने अवस्था आएको र त्यसको लागि नयाँ राहदानी आवश्यक पर्ने भएमा चाहीँ एमआरपी नवीकरणका लागि मात्र आवेदन दिन सकिने दूतावासले जनाएको छ ।

यस्तो अवस्था भएका नेपालीलाई दूतावासको राहदानी शाखामा काम गर्ने कर्मचारीहरुलाई ०५०००३४७८६ वा ०५७१८५७८८४ वा ०५३४३४३१९१ मा सम्पर्क गरेर अग्रिम समय लिएर मात्रै दूतावासमा आउन अनुरोध गरिएको छ ।

अग्रिम समय नलिई आउनेहरुको आवेदन नलिईने पनि दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसैगरी साउदी अरवबाट फाईनल एक्जिटमा नेपाल जाने यात्रुहरुका लागि एकतर्फी यात्रा अनुमतिपत्र (ट्राभल डकुमेण्ट) जारी गरिने जनाइएको छ ।

यस्तै, यूएई, ओमान, र कुवेतमा रहेका नेपाली दूतावासहरुले पनि सूचना जारी गर्दै एमआरपी नवीकरण स्थगित गरेको र केही हप्ता भित्रै विद्युतीय राहदानी (ई पासपोर्ट) जारी गर्ने जनाएका छन् । तत्काल ईकामा नवीकरण गर्नुपर्ने अवस्था आएको र त्यसको लागि नयाँ राहदानी आवश्यक पर्ने भएमा चाहीँ एमआरपी नवीकरणका लागि मात्र आवेदन दिन सकिने त्यहाँ रहेका नेपाली दूतावासहरुले जनाएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ११ : ०० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको