इलाममा किसानको सूचीकरण गरिँदै « Khabarhub

इलाममा किसानको सूचीकरण गरिँदै


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– असंगठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेभ साइटमा राख्न र उनीहरूको पहिचानको लागि परिचय पत्र वितरणको लागि इलाममा किसान सूचीकरण थालिएको छ । पालिकामार्फत गणक परिचालन गरेर किसानको सूचीकरण थालिएको हो । इलामको दुई स्थानीय तहमा सूचीकरणको काम थालिएको छ भने दुई स्थानी तहमा चालु वर्षमानै सूचीकरण सुरु हुने भएको छ ।

इलामको सूर्योदय नगरपालिका र इलाम नगरपालिकामा किसान सूचीकरण सुरु भएको छ । सूर्योदयको नगरपालिकाको ९ र १२ नम्बर वडामा र इलाम नगरपालिकाको २, ३, १० र १२ नम्बरमा वडामा किसान सूचीकरणको काम थालिएको छ ।

चालु वर्षमानै रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा किसान सूचीकरण सुरु हुने कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख टोनी वर्देवाले जानकारी दिए । ‘पालिकाले किसान सूचीकरणको लागि गणकको छनोट गरेपछि उनीहरूलाई तालिम गराएपछि काम सुरु हुन्छ’, वर्देवाले भने,‘कार्यक्रम सञ्चालनको लागि हामीले समन्वय गरिरहेका छौ ।’

कार्यक्रम सुरु हुने कृषि ज्ञान केन्द्र इलामका निमित्त प्रमुख टोनी वर्देवाले जानकारी दिए । चार वर्षभित्रमा इलामको सबै किसानको सूचीकरण सक्ने गरी स्थानीय तह मार्फत किसान सूचीकरण थालिएको हो ।

किसान र उनीहरूले गर्ने खेतीबाली विस्तृत विवरण संकलनको लागि संघीय सरकारले प्रत्येक स्थानीय तहमा चार/चार लाख रुपैयाँको दरले बजेट विनियोजन गरेको छ । चार वर्षमा सबै किसानको सूचीकरणको काम गर्नेगरि बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख वर्देवाले जानकारी दिएका छन् ।

किसानको सूचीकरण गरेपछि किसानलाई परिचय पत्र नम्बर सहितको किसान परिचय पत्र वितरण गरिने भएको छ । किसानलाई स्थानीय तहले परिचयपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । यसअघि किसानको पहिचान खुल्ने कुनै प्रमाणपत्र किसानलाई दिइएको थिएन ।

किसानको सूचीकरण मार्फत किसानको व्यक्तिगत विवरणदेखि जग्गा, खेतीबाली, पशुपालन, मत्स्यपालन सम्बन्धी विवरण संकलन हुने छ । किसानको विभिन्न किसिमको १७ वटा किसिमको विवरण संकलन गरिने छ । त्यसमा आधारभूत विवरण, पारिवारिक विवरण, खेत बारीको विवरण, जमिन करारमा लिए दिएको विवरण, कृषि व्यवसाय दर्तासँग सम्बन्धित विवरण, आय र खर्चको विवरण संकलन गरिने छ ।

त्यस्तै बालीको उत्पादन सम्बन्धी विवरण, बालीको बजारीकण सम्बन्धी विवरण, कृषिमा मेसिनको प्रयोग सम्बन्धी विवरण, कृषि र पशुपालन सम्बन्धी संरचनाको विवरण, पशुपालन सम्बन्धी मेसिनको प्रयोग सम्बन्धी विवरण, ह्याचरी तथा मत्स्यपालन सम्बन्धी संरचनाको विवरण संकलन गरिने छ । त्यस्तै मत्स्य पालन सम्बन्धी मेसिनको प्रयोग, पशुपन्छी तथा मत्स्य उत्पादनको बजारको विवरण संकलन गरिने छ ।

सूचिकृत किसानको विवरण वेभ साइटमा राखिने छ । वेभ साइटमा राखिएको किसानको विवरणले उनीहरूको वास्तविकता थापा पाउन सजिलो हुने इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपाल बताउँछन् । ‘सूचिकृत किसानको एक क्लिकमा सबै विवरण बुझ्न सकिन्छ, यसले किसानको श्रेणी विभाजन पनि हुन्छ’, इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले भने, ‘राज्यबाट किसानको लागि दिइने सेवा सुविधा वास्तविक किसानले पाउँछन्, अनुदान लगायतमा दोहोरोपन पनि हट्छ ।’

सूचिकृत किसानले व्यवसाय घटबढ गरे सोही अनुसार आफ्नो विवरण अपडेट गर्न सक्छन् । एक पटक सूचीकरण भएका किसानले आफ्नो वडाको सिफारिस लिएर पालिकाको कृषि शाखा मार्फत विवरण अपडेट गराउन सक्नेछन् । वेभ साइटमा अपडेट भएको सूचना कृषि ज्ञान केन्द्रले प्रमाणित गर्नुपर्नेछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ८ : ४५ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र