सिन्धुलीगढीको युद्धमा फिल्म ‘सिन्धुलीगढी’ घोषणा « Khabarhub

सिन्धुलीगढीको युद्धमा फिल्म ‘सिन्धुलीगढी’ घोषणा


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक विश्वमणि घिमिरेको निर्देशनमा फिल्म ‘सिन्धुलीगढी’ बन्ने भएको छ । विसं १९२४ ताका गोर्खाली र अंग्रेजी फौजबीच सिन्धुलीको सिन्धुलीगढीमा भएको युद्धमा आधारित फिल्मको आलेखमा निर्देशक घिमिरेले पटकथा तथा संवाद तयार पारेका गरेका छन् ।

फिल्मका लागि चलचित्र बिकास बोर्डबाट प्रतिलिपी अधिकार र छायांकन इजाजत प्रमाणपत्र प्राप्त भएको घिमिरेले बताए । फिल्म सास इन्टरटेन्मेन्ट सिनेमाको व्यानरमा निर्माण हुनेछ ।

सास अधिकारीले निर्माण गर्ने फिल्मको छायांकन सिन्धुली, काभ्रे र काठमाडौमा हुने जनाइएको छ । निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर फिल्मको मस्यौदा तयार पारेको र त्यसलाई निर्माता अधिकारीले निर्माण गर्न लागेको बताए । उनले फिल्मलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले सहयोग गर्ने बताएका छन् । फिल्मको पोष्ट प्रोडक्सनको काम भारतको मुम्बईमा हुनेछ ।

निर्माता अधिकारीले फिल्मलाई हिन्दी र अंग्रेजी भाषामा स्वरांकन गरिने जानकारी दिए । फिल्मका लागि मुख्य कलाकारमा मनोज भेटवाल, डिरेक्टर अफ फोटोग्राफी हेडमा युवराज राई र बाँकी कलाकार अडिसनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताइएको छ । विदेश ब्यवस्थापनमा शुक्र राई र भारतीय व्यवस्थापनमा उपहार लामिछाने रहेका छन् भने यूरोप अमेरिकामा निर्माता स्वयंले जिम्मेवारी लिएका छन् । फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ०१ बजे

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण