महेश बाबुसँग कस्तो फिल्म गर्दैछन् राजमौली ? | Khabarhub Khabarhub

महेश बाबुसँग कस्तो फिल्म गर्दैछन् राजमौली ?


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ प्रदर्शनरत छ ।

फिल्मले पाइरहेको प्रतिक्रियाले यसले एक हजार करोड बढी कलेक्सन गर्ने अनुमान गरिएको छ । प्रदर्शनको विकेन्डमा नै यसले पाँच सय करोडको हाराहारीमा व्यापार गरिसकेको छ । फिल्मलाई दर्शक र समीक्षकले दिएको प्रतिक्रियाले यसको व्यापार अझै बढ्ने अनुमान ट्रेड विश्लेषकहरूको छ । ‘आरआरआर’ को सफलता पश्चात निर्देशक राजमौलीले के गर्छन त ? यो जिज्ञाषा सबैलाई छ ।

बाहुबली , बाहुबली २ र आरआरआरमा पिरियड ड्रामाको कथा देखाएका निर्देशक राजमौलीले अब ट्रयाक चेञ्ज गर्ने योजना बनाएका छन् । बलिउड हंगामाको रिपोर्ट अनुसार निर्देशक राजमौलीले अबको प्रोजेक्ट महेश बाबुसँग गर्दैछन् ।

महेश बाबुले एक्लै हिरो हुने फिल्ममा मात्र अभिनय गर्ने भएकाले बाहुबली सिरिज र आरआरआरमा निर्देशक राजमौलीसँग सहकार्य हुन सकेको थिएन । यसपटक राजमौलीले पनि पिरियड ड्रामालाई छाडेर एडभेन्चर थ्रिलर जनरको फिल्म गर्ने भएका छन् ।

अहिलेकै कथामा आधारित हुने फिल्ममा महेश बाबुको अभिनय रहने भएता पनि बजेट र प्रोजेक्ट बारे थप खुलाइएको छैन । फिल्मको स्क्रिप्टमा निर्देशक राजमौलीसहित उनको टिमले काम गरिरहेको छ ।

यद्यपि पछिल्लो समय ‘आरआरआर’ रिलिजले गर्दा प्रि- प्रोडक्सनको काम केहिँ समय रोकिएको थियो । यसका साथै महेश बाबुसँग गरिने प्रोजेक्टलाई आउँदो वर्ष नै दर्शकले हेर्न पाउनेसमेत बलिउड हंगामाको रिपोर्टमा उल्लेख छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ०३ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी