महेश बाबुसँग कस्तो फिल्म गर्दैछन् राजमौली ? « Khabarhub

महेश बाबुसँग कस्तो फिल्म गर्दैछन् राजमौली ?


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ प्रदर्शनरत छ ।

फिल्मले पाइरहेको प्रतिक्रियाले यसले एक हजार करोड बढी कलेक्सन गर्ने अनुमान गरिएको छ । प्रदर्शनको विकेन्डमा नै यसले पाँच सय करोडको हाराहारीमा व्यापार गरिसकेको छ । फिल्मलाई दर्शक र समीक्षकले दिएको प्रतिक्रियाले यसको व्यापार अझै बढ्ने अनुमान ट्रेड विश्लेषकहरूको छ । ‘आरआरआर’ को सफलता पश्चात निर्देशक राजमौलीले के गर्छन त ? यो जिज्ञाषा सबैलाई छ ।

बाहुबली , बाहुबली २ र आरआरआरमा पिरियड ड्रामाको कथा देखाएका निर्देशक राजमौलीले अब ट्रयाक चेञ्ज गर्ने योजना बनाएका छन् । बलिउड हंगामाको रिपोर्ट अनुसार निर्देशक राजमौलीले अबको प्रोजेक्ट महेश बाबुसँग गर्दैछन् ।

महेश बाबुले एक्लै हिरो हुने फिल्ममा मात्र अभिनय गर्ने भएकाले बाहुबली सिरिज र आरआरआरमा निर्देशक राजमौलीसँग सहकार्य हुन सकेको थिएन । यसपटक राजमौलीले पनि पिरियड ड्रामालाई छाडेर एडभेन्चर थ्रिलर जनरको फिल्म गर्ने भएका छन् ।

अहिलेकै कथामा आधारित हुने फिल्ममा महेश बाबुको अभिनय रहने भएता पनि बजेट र प्रोजेक्ट बारे थप खुलाइएको छैन । फिल्मको स्क्रिप्टमा निर्देशक राजमौलीसहित उनको टिमले काम गरिरहेको छ ।

यद्यपि पछिल्लो समय ‘आरआरआर’ रिलिजले गर्दा प्रि- प्रोडक्सनको काम केहिँ समय रोकिएको थियो । यसका साथै महेश बाबुसँग गरिने प्रोजेक्टलाई आउँदो वर्ष नै दर्शकले हेर्न पाउनेसमेत बलिउड हंगामाको रिपोर्टमा उल्लेख छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ०३ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री