भक्तपुर क्यान्सर अस्पताल परिसरमा वाटर एटिएम उद्घाटन « Khabarhub

भक्तपुर क्यान्सर अस्पताल परिसरमा वाटर एटिएम उद्घाटन


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – खानेपानीमन्त्री उमाकान्त चौधरीले भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को उद्घाटन गरेका छन् ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको वाटर एटिएमको उद्घाटन गर्दै उनले अब सबै नेपालीले शुद्ध र स्वच्छ पानी सहजरूपमा पिउन पाउने बताए । नेपाल जलस्रोतको धनी देश भएकाले हरेक नेपाली नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्ने व्यवस्था गर्ने कार्ययोजना सरकारले अगाडि सारेको उनले बताए ।

बिरामी र बिरामीका कुरुवा रहने अस्पतालमा जडान भएको वाटर एटिएमले शुद्ध खानेपानी उपलब्ध गराउन सहज भएको भन्दै उनले अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिकस्थल, भीडभाड हुने ठाउँ, पार्क तथा उद्यानजस्ता ठाउँमा यस्ता वाटर एटिम जडान गर्ने अभियान चलाउने बताए । अस्पताल परिसरमा जडान गरिएको वाटर एटिएममा दुई रुपैयाँ खसालेर कागजको कपमा २०० मिलीलिटर शुद्ध पानी पाउने व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ५१ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि