महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न गृहको निर्देशन « Khabarhub

महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न गृहको निर्देशन


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति हुने भएको छ।

नगरपालिकाको एक लाख ३३ हजार जनसङ्ख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को शान्ति सुरक्षा हेर्ने प्रभागमा जनशक्ति कम हुँदा शान्ति सुरक्षामा प्रभाव परेको भन्दै नगरप्रमुख कृष्णहरि थापाले गृहमन्त्रालयलाई पत्र लेखेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ ।

मागबमोजिम मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रभाग स्तरोन्नतिको आवश्यक व्यवस्था गर्न भनेको छ। नगरपालिकासँगै फुल्चोकी सेवा समाजका अध्यक्ष दीपक केसी र नागेश्वर वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले गृहमन्त्री बालकृष्ण खाँणलाई लेखेको पत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा जनशक्ति बढाउन माग गरिएको थियो ।

घना र अव्यवस्थित बस्ती भएकाले सीमित जनशक्तिले गस्तीसमेत गर्न नसक्दा शान्ति सुरक्षामा समस्या भएको स्थानीयवासी एवं समाजसेवी रायमाझीले बताए । रायमाझीको नेतृत्वमा यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो ।

यस स्थलमा प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समेत समन्वयमा प्रहरी प्रभाग स्थापना भएको हो । मन्दिरमा सोमबार, शनिबार एवं विभिन्न पर्वका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ०१ बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको