अर्घामा भगवतीको सालिक निर्माण हुँदै « Khabarhub

अर्घामा भगवतीको सालिक निर्माण हुँदै


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भगवतीको विशाल सालिक निर्माण हुने भएको छ ।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको ३३ फुट अग्लो मूर्ति अन्तिम चरणमा पुगेको हो ।

करिब २ करोड लागतमा मुना निर्माण सेवाले निर्माण गर्दै गरेको मूर्ति निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मेयर कमलप्रसाद भुसालको विश्वास छ ।

‘धार्मिक, ऐतिहासिक तथा पर्यटकीय विकासका लागि सालिक निर्माण थालिएको हो,’ भुसालले भने, ‘यो काम सम्पन्न भएसँगै मन्दिरको थप गरिमा बढ्नेछ, अर्घा भगवती मन्दिरलाई संसारले चिन्नेछ ।’

चैते दसैँसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मूर्ति करिब ४२ क्विन्टलको रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

सन्धिखर्क बजारबाट ७ किलोमिटरको दूरीमा रहेको मन्दिरबाट अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी तथा पाल्लाको केही भागको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : ३३ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः