रनबीरले खुलाए ‘शर्माजी नमकिन’ विशेष हुनुको कारण « Khabarhub

रनबीरले खुलाए ‘शर्माजी नमकिन’ विशेष हुनुको कारण


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका दिवङ्गत अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकिन’ यही महिनाको अन्तिममा रिलिज हुँदैछ ।

मार्च ३१ मा रिलिज हुने फिल्मको छायाङ्कनकै क्रममा बिरामी भएका ऋषिको उपचारकै क्रममा निधन भयो। ‘बिरामी हुँदा पनि उहाँलाई यो फिल्म सकियोस् भन्ने थियो, यसको चिन्ता गर्नु हुन्थ्यो तर त्यो इच्छा भएन ’रनबीरले भने ।

रनबीरलाई बुबाको निधन पश्चात फिल्म पुरा हुन्छ जस्तो लागेको थिएन। ‘हामीले भिएफएक्स ट्राई गरेका थियौँ तर सम्भव भएन, म आफैँ पनि प्रविधिको मद्दत लिएर पापाको रोल गर्न खोजेको थिए, त्यो पनि सम्भव भएन, परेश रावलजीले सम्भव गर्नु भयो’ रनबीरले भने ।

उनले एउटै क्यारेक्टरलाई दुइ अभिनेताले प्ले गरेको घण्टा विश्वमा विरलै हुने हुनसक्ने बताए । रनवीरको लागि ‘शर्माजी नमकिन’ खास छ तर बुबाको अन्तिम फिल्म भएकोले मात्र होइन । ‘पापालाई यो स्क्रिप्ट निकै मन परेको थियो, यसमा विश्वास थियो, त्यसैले यो मेरो लागि पनि खास छ’ उनले भने ।

रनबीरले बुबा ऋषिलाई जस्तै उहाँको प्रिय फिल्मलाई पनि माया गरिदिन आग्रह गरेका छन् । ‘थ्याङ्क यु परेशजी तपाइँले गर्दा फिल्म पुरा भयो’ रनबीरले भनेका छन् ।

यही मार्च ३१ मा अमेजोन प्राइम भिडियोमार्फत विश्वव्यापी रिलिज हुने फिल्ममा ऋषि र परेशले एकैसाथ र एउटै भूमिका निर्वाह गरेका छन् ।

लामो समयदेखि क्यान्सरसँग लडिरहेका अभिनेता कपुरको सन् २०२० अप्रिल ३० मा मुम्बईमा निधन भएको थियो ।

‘शर्माजी नमकिन’मा सेल्फ-रियलाइजेसन र स्वयंलाई खोज्ने प्रयास गरिरहेका एक सेवा निवृत्त व्यक्तिको रोचक कथा छ । हितेश भाटियाको निर्देशनमा बनेको फिल्ममा ऋषि र परेशसँगै जुही चावला, सुहैल नय्यर, तारुक रैनालगायत कलाकारको मुख्य भूमिका छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ३६ बजे

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा

पूर्वाधारमा थप आक्रमण भएमा इरान संयम रहनु आवश्यक नरहने विदेशमन्त्री अराघचीको भनाइ

तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः