रनबीरले खुलाए 'शर्माजी नमकिन’ विशेष हुनुको कारण | Khabarhub Khabarhub

रनबीरले खुलाए ‘शर्माजी नमकिन’ विशेष हुनुको कारण


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका दिवङ्गत अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकिन’ यही महिनाको अन्तिममा रिलिज हुँदैछ ।

मार्च ३१ मा रिलिज हुने फिल्मको छायाङ्कनकै क्रममा बिरामी भएका ऋषिको उपचारकै क्रममा निधन भयो। ‘बिरामी हुँदा पनि उहाँलाई यो फिल्म सकियोस् भन्ने थियो, यसको चिन्ता गर्नु हुन्थ्यो तर त्यो इच्छा भएन ’रनबीरले भने ।

रनबीरलाई बुबाको निधन पश्चात फिल्म पुरा हुन्छ जस्तो लागेको थिएन। ‘हामीले भिएफएक्स ट्राई गरेका थियौँ तर सम्भव भएन, म आफैँ पनि प्रविधिको मद्दत लिएर पापाको रोल गर्न खोजेको थिए, त्यो पनि सम्भव भएन, परेश रावलजीले सम्भव गर्नु भयो’ रनबीरले भने ।

उनले एउटै क्यारेक्टरलाई दुइ अभिनेताले प्ले गरेको घण्टा विश्वमा विरलै हुने हुनसक्ने बताए । रनवीरको लागि ‘शर्माजी नमकिन’ खास छ तर बुबाको अन्तिम फिल्म भएकोले मात्र होइन । ‘पापालाई यो स्क्रिप्ट निकै मन परेको थियो, यसमा विश्वास थियो, त्यसैले यो मेरो लागि पनि खास छ’ उनले भने ।

रनबीरले बुबा ऋषिलाई जस्तै उहाँको प्रिय फिल्मलाई पनि माया गरिदिन आग्रह गरेका छन् । ‘थ्याङ्क यु परेशजी तपाइँले गर्दा फिल्म पुरा भयो’ रनबीरले भनेका छन् ।

यही मार्च ३१ मा अमेजोन प्राइम भिडियोमार्फत विश्वव्यापी रिलिज हुने फिल्ममा ऋषि र परेशले एकैसाथ र एउटै भूमिका निर्वाह गरेका छन् ।

लामो समयदेखि क्यान्सरसँग लडिरहेका अभिनेता कपुरको सन् २०२० अप्रिल ३० मा मुम्बईमा निधन भएको थियो ।

‘शर्माजी नमकिन’मा सेल्फ-रियलाइजेसन र स्वयंलाई खोज्ने प्रयास गरिरहेका एक सेवा निवृत्त व्यक्तिको रोचक कथा छ । हितेश भाटियाको निर्देशनमा बनेको फिल्ममा ऋषि र परेशसँगै जुही चावला, सुहैल नय्यर, तारुक रैनालगायत कलाकारको मुख्य भूमिका छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ३६ बजे

नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं– छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो

बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने

काठमाडौं– अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी

प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया– भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार

प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ

एजेन्सी– अक्टोबर १५ मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रदर्शनअघि