एमाले अध्यक्ष ओलीले आज भ्यु टावरको उद्घाटन गर्दै   « Khabarhub

एमाले अध्यक्ष ओलीले आज भ्यु टावरको उद्घाटन गर्दै  


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज धरहरा पछिकै सबैभन्दा ठूलो भनिएको भ्यु-टावरको उद्घाटन गर्दैछन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यु टावरको उद्घाटन गर्न ओली त्यसतर्फ जान लागेका हुन् ।

लिफ्टसहितको सुविधा भएको भ्यु टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरबाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।

कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

स्थानीय तहको निर्वाचनको तयारीका लागि शीर्ष नेताहरु यतिबेला देश दौडाहमा छन्।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : ४४ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ