प्राचीन वस्तु निकालिरहेका पाँच जना पक्राउ  « Khabarhub

प्राचीन वस्तु निकालिरहेका पाँच जना पक्राउ 


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा पुल्लिक, जिमालाजस्ता प्राचीन चिज वस्तु निकालिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका दिलमान विकको बारी खनेर प्राचीन स्मारक चिज वस्तु (पुल्लीक, जिमाला) निकाल्दै गरेको अवस्थामा पाँचथरको फिदिम नगरपालिका–९ का डिल्लीप्रसाद आङदाम्बे, गोकुल आङ्दाम्बे, अशोक आङ्दाम्बे, झिलन आङ्देम्बे र झापा धाइजन गाउँपालिका–७ का सुनबहादुर चेम्जोङ पक्राउ परेका हुन् ।

प्राचीन स्मारक चिज वस्तु निकाल्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले प्राचीन स्मारकसँग सम्बन्धित चिज वस्तु ४ थान पुल्लीक, टाँकजस्तो देखिने विभिन्न आकारको १२ थान र रातो रंगको युँ जस्तो देखिने धातु १ थान बरामद गरेको छ ।

प्राचीन स्मारकसँग सम्बन्धित चिज वस्तु खन्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई प्राचीन स्मारक संरक्षण ऐन कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । महँगो मूल्यमा किनबेच हुने पुल्लिकका लागि जिल्लाका विभिन्न ठाउँमा उत्खनन गर्ने गरिएको छ । विशेष गरी पुराना चिहान खनेर प्राचीन स्मारकसँग सम्बन्धित चिज वस्तु निकाल्ने गरिएको पाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ३० बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख