प्राचीन वस्तु निकालिरहेका पाँच जना पक्राउ  « Khabarhub

प्राचीन वस्तु निकालिरहेका पाँच जना पक्राउ 


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा पुल्लिक, जिमालाजस्ता प्राचीन चिज वस्तु निकालिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका दिलमान विकको बारी खनेर प्राचीन स्मारक चिज वस्तु (पुल्लीक, जिमाला) निकाल्दै गरेको अवस्थामा पाँचथरको फिदिम नगरपालिका–९ का डिल्लीप्रसाद आङदाम्बे, गोकुल आङ्दाम्बे, अशोक आङ्दाम्बे, झिलन आङ्देम्बे र झापा धाइजन गाउँपालिका–७ का सुनबहादुर चेम्जोङ पक्राउ परेका हुन् ।

प्राचीन स्मारक चिज वस्तु निकाल्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले प्राचीन स्मारकसँग सम्बन्धित चिज वस्तु ४ थान पुल्लीक, टाँकजस्तो देखिने विभिन्न आकारको १२ थान र रातो रंगको युँ जस्तो देखिने धातु १ थान बरामद गरेको छ ।

प्राचीन स्मारकसँग सम्बन्धित चिज वस्तु खन्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई प्राचीन स्मारक संरक्षण ऐन कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । महँगो मूल्यमा किनबेच हुने पुल्लिकका लागि जिल्लाका विभिन्न ठाउँमा उत्खनन गर्ने गरिएको छ । विशेष गरी पुराना चिहान खनेर प्राचीन स्मारकसँग सम्बन्धित चिज वस्तु निकाल्ने गरिएको पाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ३० बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा