रुसी आक्रमणले मारिउपोलको विध्वंश जारी, ५ हजार मारिएको मेयरको भनाइ « Khabarhub

रुसी आक्रमणले मारिउपोलको विध्वंश जारी, ५ हजार मारिएको मेयरको भनाइ


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको दक्षिणी युक्रेनको मारिउपोल शहरमा ५ हजार जनाको मृत्यु भएको त्यहाँका मेयरले जनाएका छन् । मारिउपोल शहरका मेयर भ्लादिम बोइचेन्कोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार मारिनेमा २१० बालबालिका छन् ।

मेयर बोइचेन्कोका अनुसार रुसी फौजको आक्रमणका कारण मारिउपोल शहरका ९० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् भने ४० प्रतिशत भवन ध्वस्त भएका छन् । ध्वस्त भएका भवनमा विद्यालय, अस्पताल र उद्योगहरू समेत छन् ।

मारिउपोलको नगरपरिषद्का अनुसार रुसी आक्रमणअघि १ लाख ४० हजार जनाले शहर छाडेका थिए भने रुसी आक्रमणयता अरु १ लाख ५० हजार त्यहाँबाट भाग्न सफल भएका छन् । अझै पनि उक्त शहरमा १ लाख ७० हजार मानिसहरु फसिरहेको बताइएको छ ।

हाल शहर बाहिर रहेका मेयर बोइचेन्कोले सोमबारमात्रै राष्ट्रिय टेलिभिजनमार्फत मारिउपोलमा अझै १ लाख ६० हजार आम नागरिक फसिरहेको जानकारी दिएका थिए ।

‘मानिसहरुले मानवीय विनाशको लक्ष्मणरेखा पार गरेका छन् ।’ उनले भने, ‘हामीले मारिउपोललाई खाली गर्नुपर्छ ।’

युक्रेनले निरन्तर रुसी आक्रमणका कारण उक्त शहरबाट मानिसहरुलाई बाहिर निकाल्न सुरक्षित करिडोर बनाउन असम्भव रहेको बताएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : २० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा