रुसी आक्रमणले मारिउपोलको विध्वंश जारी, ५ हजार मारिएको मेयरको भनाइ « Khabarhub

रुसी आक्रमणले मारिउपोलको विध्वंश जारी, ५ हजार मारिएको मेयरको भनाइ


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको दक्षिणी युक्रेनको मारिउपोल शहरमा ५ हजार जनाको मृत्यु भएको त्यहाँका मेयरले जनाएका छन् । मारिउपोल शहरका मेयर भ्लादिम बोइचेन्कोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार मारिनेमा २१० बालबालिका छन् ।

मेयर बोइचेन्कोका अनुसार रुसी फौजको आक्रमणका कारण मारिउपोल शहरका ९० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् भने ४० प्रतिशत भवन ध्वस्त भएका छन् । ध्वस्त भएका भवनमा विद्यालय, अस्पताल र उद्योगहरू समेत छन् ।

मारिउपोलको नगरपरिषद्का अनुसार रुसी आक्रमणअघि १ लाख ४० हजार जनाले शहर छाडेका थिए भने रुसी आक्रमणयता अरु १ लाख ५० हजार त्यहाँबाट भाग्न सफल भएका छन् । अझै पनि उक्त शहरमा १ लाख ७० हजार मानिसहरु फसिरहेको बताइएको छ ।

हाल शहर बाहिर रहेका मेयर बोइचेन्कोले सोमबारमात्रै राष्ट्रिय टेलिभिजनमार्फत मारिउपोलमा अझै १ लाख ६० हजार आम नागरिक फसिरहेको जानकारी दिएका थिए ।

‘मानिसहरुले मानवीय विनाशको लक्ष्मणरेखा पार गरेका छन् ।’ उनले भने, ‘हामीले मारिउपोललाई खाली गर्नुपर्छ ।’

युक्रेनले निरन्तर रुसी आक्रमणका कारण उक्त शहरबाट मानिसहरुलाई बाहिर निकाल्न सुरक्षित करिडोर बनाउन असम्भव रहेको बताएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : २० बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले