रुस–युक्रेन वार्तामा चेल्सी क्लबका मालिकले विष खाएको लक्षण देखाएपछि… « Khabarhub

रुस–युक्रेन वार्तामा चेल्सी क्लबका मालिकले विष खाएको लक्षण देखाएपछि…


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वार्ताका क्रममा इङ्ल्याण्डको चेल्सी क्लबका मालिक एवम् रुसी धनाढ्य रोमन अब्रामोभिच संदिग्ध विष आक्रमणको शिकार भएको खुलासा भएको छ । उनको निकटस्थ स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यही महिनाको शुरुमा बेलारुसको सीमामा शान्ति वार्ताका क्रममा उनले विष आक्रमणको लक्षण देखाएका थिए ।

बीबीसीले जनाएअनुसार उनको आँखा रातो भएको थियो भने उनको छाला पनि फुटेको थियो । यही वार्ताका क्रममा युक्रेनका दुई प्रतिनिधिले पनि यस्तै किसिमको लक्षण महसुस गरेको बीबीसीले जनाएको छ । यहीबेला उनीहरु पीडादायी रुपमा रोइरहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता अमेरिकाबाट प्रकाशित हुने वालस्ट्रिट जर्नलले भने विष खुवाउने यो षड्यन्त्र शान्तिवार्ता विफल बनाउन चाहने रुसका कट्टरपन्थीले रचेको जनाएको छ । यद्यपि अमेरिकी गुप्तचर अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएअनुसार उनको लक्षण विष सेवनबाट भन्दा पनि वातावरणीय कारणले देखिएको हो ।

रुसमाथि विष खुवाएर राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक र विरोधीहरुको हत्या गर्ने गरेको आरोप लाग्ने गरेको छ । सन् २०२० मा रुसी विपक्षी नेता अलेक्सेई नभाल्नीमाथि पनि विष खुवाएर मार्ने षडयन्त्र भएको थियो ।

त्यस्तै सन् २०१८ मा पुटिनका आलोचक सर्गेई स्क्रिपाल र उनकी छोरीलाई पनि बेलायतमा विष खुवाइएको थियो । त्यसअघि सन् २००६ मा बेलायतमा बस्ने अलेक्जाण्डर लित्भिनेन्कोको पनि विष खुवाएर हत्या गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १ : ३५ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको