किभ नजिकैको इरपिन शहर रुसी फौजबाट मुक्त गरेको युक्रेनी दाबी « Khabarhub

किभ नजिकैको इरपिन शहर रुसी फौजबाट मुक्त गरेको युक्रेनी दाबी


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी किभ नजिकैको इरपिन शहरलाई युक्रेनी फौजले रुसी सेनाबाट मुक्त गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित भिडियो सन्देश मार्फत यस्तो बताएका हुन् ।

‘किभइरपिन कब्जा गर्नेहरुलाई खेदाइएको छ । तर हाम्रो क्षेत्रको यो भागमा अहिले नै सुरक्षाको कुरा गर्न निकै हतारो हुनेछ । लडाइ जारी छ ।’ उनले भिडियो सन्देशमा भनेका छन् ।

‘रुसी फौज किभको उत्तरी क्षेत्रमा छन्, उनीहरूसँग जनशक्ति र श्रोत छ । उनीहरु ध्वस्त भएका एकाइ पुनर्निर्माण गर्ने प्रयासमा छन् ।’ जलेन्स्कीको भनाइ छ ।

रणनीतिक रुपमा इरपिन शहरलाई किभ क्षेत्रको निकै ठूलो महत्व रहेको बताइन्छ । किभको उत्तर पश्चिम दिशामा रहेको यो शहरलाई रुसी फौजले कब्जा गरेको खण्डमा मुलुकको पश्चिमलाई किभसँग जोड्ने प्रमुख नाका बन्द हुने जनाइएको छ ।

यो शहरलाई नियन्त्रणमा लिन लामो समयदेखि रुसी र युक्रेनी फौजबीच भीषण लडाइ भइरहेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : २० बजे

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले

आईपीएल : दिल्लीको लगातार दोस्रो जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आठौँ खेलमा दिल्ली

हेटौँडा सडक विस्तार : पीडित व्यवसायीका लागि बैंक ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँको आग्रह

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा