किभ नजिकैको इरपिन शहर रुसी फौजबाट मुक्त गरेको युक्रेनी दाबी « Khabarhub

किभ नजिकैको इरपिन शहर रुसी फौजबाट मुक्त गरेको युक्रेनी दाबी


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी किभ नजिकैको इरपिन शहरलाई युक्रेनी फौजले रुसी सेनाबाट मुक्त गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित भिडियो सन्देश मार्फत यस्तो बताएका हुन् ।

‘किभइरपिन कब्जा गर्नेहरुलाई खेदाइएको छ । तर हाम्रो क्षेत्रको यो भागमा अहिले नै सुरक्षाको कुरा गर्न निकै हतारो हुनेछ । लडाइ जारी छ ।’ उनले भिडियो सन्देशमा भनेका छन् ।

‘रुसी फौज किभको उत्तरी क्षेत्रमा छन्, उनीहरूसँग जनशक्ति र श्रोत छ । उनीहरु ध्वस्त भएका एकाइ पुनर्निर्माण गर्ने प्रयासमा छन् ।’ जलेन्स्कीको भनाइ छ ।

रणनीतिक रुपमा इरपिन शहरलाई किभ क्षेत्रको निकै ठूलो महत्व रहेको बताइन्छ । किभको उत्तर पश्चिम दिशामा रहेको यो शहरलाई रुसी फौजले कब्जा गरेको खण्डमा मुलुकको पश्चिमलाई किभसँग जोड्ने प्रमुख नाका बन्द हुने जनाइएको छ ।

यो शहरलाई नियन्त्रणमा लिन लामो समयदेखि रुसी र युक्रेनी फौजबीच भीषण लडाइ भइरहेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : २० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु