युक्रेनमा १७ हजार रुसी सैनिक मारिए | Khabarhub Khabarhub

युक्रेनमा १७ हजार रुसी सैनिक मारिए


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएको हो ।

त्यस्तै, रुसी सेनाको ५ सय ९७ ट्यांक, १ हजार ७ सय १० बख्तरबन्द गाडी, १ सय २७ लडाकु विमान, १ सय २९ सैनिक हेलिकोप्टर र सात पानीजहाज पनि ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।

युक्रेनमा जारी आक्रमणका क्रममा भएका सैनिक हताहतीबारे दुई पक्षले फरक फरक तथ्यांक प्रस्तुत गर्दै आएका छन् । गत शुक्रबार रुसले युक्रेनमा आफ्ना केबल १ हजार ३ सय ५१ सैनिक मारिएको जनाएको थियो ।

यद्यपि यी दुबै दाबीको स्वतन्त्र पुष्टि भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ५५ बजे

मधेश सरकारमा मिसिए कांग्रेस र लोसपा, पाँचैजना मन्त्रीले लिए शपथ

जनकपुरधाम- मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी

महेश बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका

सत्ता गठबन्धन फेरिँदा राजदूत सिफारिसमा उल्झन

काठमाडौं– सामान्यतः राजदूत फिर्ता बोलाउनै पर्ने भए सरकारले पूर्वसूचना दिने

त्रिशूलीमा बेपत्ता बसका थप दुई यात्रुको शव भेटियो, १४ को सनाखत

चितवन- गत शुक्रबार बिहान भरतपुर महानगरपालिका-२९ सिमलताल पहिरोमा परेर त्रिशूलीमा

यशको ‘हिरो’ गीतमा आत्महत्या दुरुत्साहनको विषय

काठमाडौं– गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन्