रोहित भन्छन्, ‘अजय निर्देशक नै बन्न चाहन्थे’ « Khabarhub

रोहित भन्छन्, ‘अजय निर्देशक नै बन्न चाहन्थे’


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– बलिउड अभिनेता अजय देवगन र रोहित शेट्टीको मित्रता लुकेको छैन । उनीहरू आपसमा असल मित्र मात्र छैनन् । एक अर्कालाई उत्तिकै सम्मान र इज्जत पनि गर्छन् ।

अजयकै फिल्म कम्पनी अजय देवगन फिल्म्सको आफूलाई एक सदस्य बताउने रोहित पछिल्लो समयका राम्रा निर्देशक हुन् । उनले निर्देशक गरेको सूर्यवंशी गत वर्षको हिट फिल्म मध्येको एक हो । रोहितको निर्देशनमा अजयले थुप्रै फिल्महरू गरिसकेका छन् ।

यिनै रोहित अजयको ब्यानरबाट बनेको कार्यक्रममा देखिने गर्छन् । पत्रकारको प्रश्नमा उनी आफूलाई कम्पनीको सदस्य बताउने गरेका छन् । सानैदेखि मित्र रहेका अजय र रोहितले सङ्घर्षका दिनहरूसँगै बिताएका छन् । यसैले गर्दा पनि रोहित अजयलाई आफ्नो दाइ सरह मान्ने गर्छन् । यिनै रोहितले अजय सदैव निर्देशक बन्न चाहेको बताएका छन् । अजय निर्देशित ‘रन वे ३४’ को ट्रेलर सार्वजनिक कार्यक्रममा रोहितले अजयको बारेमा केही खुलासा गरेका छन् ।

’अजय पहिलादेखि नै निर्देशक बन्न चाहन्थे । किनकी हामीले उहाँबाट धेरै काम सिकेका छौँ । तर, उनले अभिनेताको रूपमा आफूलाई अगाडि ल्याए र अहिले निर्देशनमा पनि अगाडि आउँदैछन् । उनी हाम्रो बलिउडको राम्रो टेक्निसियन हुन्’ रोहितले भने ।

उनले अजयले फिल्मको प्राविधिक पक्षमा आएको परिवर्तनलाई सिक्दै अगाडि बढेको बताए । ‘फिल्म निर्माणमा धेरै परिवर्तन आएका छन् । जसलाई अजयले आफूमा अपग्रेड गर्दै अगाडि बढिरहनु भएको छ’ रोहितले भने ।

अजयले फिल्मको सब्जेक्टले तानेकोले निर्देशन गरेको बताए । ‘मैले यो स्क्रिप्ट तीन वर्ष अगाडि नै सुनेको थिए । त्यो समयमा परिवर्तन गरेर ल्याउ भनेर पठाएँ । कोरोना भाइरसको कारण भएको लकडाउनमा मलाई यो स्क्रिप्टको याद आयो । र, मैले बोलाएर पढेँ’ अजयले भने । उनले भनेअनुसार नै स्क्रिप्टमा परिवर्तन पाएपछि एक महिनामै फिल्म छायांकनमा लगे । अजयले आफूले पहिले स्क्रिप्टमा निर्देशकको रूपमा जोडिएको बताए ।

फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुल प्रीत सिंह, क्यारीमिनाटी, बोमन ईरानीलगायतका कलाकारहरूको अभिनय रहेको छ । सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोशनल र हाई ओक्टेन थ्रिलर फिल्म हो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : २६ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको