रोहित भन्छन्, ‘अजय निर्देशक नै बन्न चाहन्थे’ « Khabarhub

रोहित भन्छन्, ‘अजय निर्देशक नै बन्न चाहन्थे’


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– बलिउड अभिनेता अजय देवगन र रोहित शेट्टीको मित्रता लुकेको छैन । उनीहरू आपसमा असल मित्र मात्र छैनन् । एक अर्कालाई उत्तिकै सम्मान र इज्जत पनि गर्छन् ।

अजयकै फिल्म कम्पनी अजय देवगन फिल्म्सको आफूलाई एक सदस्य बताउने रोहित पछिल्लो समयका राम्रा निर्देशक हुन् । उनले निर्देशक गरेको सूर्यवंशी गत वर्षको हिट फिल्म मध्येको एक हो । रोहितको निर्देशनमा अजयले थुप्रै फिल्महरू गरिसकेका छन् ।

यिनै रोहित अजयको ब्यानरबाट बनेको कार्यक्रममा देखिने गर्छन् । पत्रकारको प्रश्नमा उनी आफूलाई कम्पनीको सदस्य बताउने गरेका छन् । सानैदेखि मित्र रहेका अजय र रोहितले सङ्घर्षका दिनहरूसँगै बिताएका छन् । यसैले गर्दा पनि रोहित अजयलाई आफ्नो दाइ सरह मान्ने गर्छन् । यिनै रोहितले अजय सदैव निर्देशक बन्न चाहेको बताएका छन् । अजय निर्देशित ‘रन वे ३४’ को ट्रेलर सार्वजनिक कार्यक्रममा रोहितले अजयको बारेमा केही खुलासा गरेका छन् ।

’अजय पहिलादेखि नै निर्देशक बन्न चाहन्थे । किनकी हामीले उहाँबाट धेरै काम सिकेका छौँ । तर, उनले अभिनेताको रूपमा आफूलाई अगाडि ल्याए र अहिले निर्देशनमा पनि अगाडि आउँदैछन् । उनी हाम्रो बलिउडको राम्रो टेक्निसियन हुन्’ रोहितले भने ।

उनले अजयले फिल्मको प्राविधिक पक्षमा आएको परिवर्तनलाई सिक्दै अगाडि बढेको बताए । ‘फिल्म निर्माणमा धेरै परिवर्तन आएका छन् । जसलाई अजयले आफूमा अपग्रेड गर्दै अगाडि बढिरहनु भएको छ’ रोहितले भने ।

अजयले फिल्मको सब्जेक्टले तानेकोले निर्देशन गरेको बताए । ‘मैले यो स्क्रिप्ट तीन वर्ष अगाडि नै सुनेको थिए । त्यो समयमा परिवर्तन गरेर ल्याउ भनेर पठाएँ । कोरोना भाइरसको कारण भएको लकडाउनमा मलाई यो स्क्रिप्टको याद आयो । र, मैले बोलाएर पढेँ’ अजयले भने । उनले भनेअनुसार नै स्क्रिप्टमा परिवर्तन पाएपछि एक महिनामै फिल्म छायांकनमा लगे । अजयले आफूले पहिले स्क्रिप्टमा निर्देशकको रूपमा जोडिएको बताए ।

फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुल प्रीत सिंह, क्यारीमिनाटी, बोमन ईरानीलगायतका कलाकारहरूको अभिनय रहेको छ । सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोशनल र हाई ओक्टेन थ्रिलर फिल्म हो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ३ : २६ बजे

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी