व्यापारिक लालचले कोरोना नियन्त्रणमा आउन सकेनः एम्नेस्टी इन्टरनेसनल « Khabarhub

व्यापारिक लालचले कोरोना नियन्त्रणमा आउन सकेनः एम्नेस्टी इन्टरनेसनल


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पछिल्ला वर्षमा विश्वभर स्वार्थी राष्ट्रवाद र व्यापारिक लालचले गर्दा कोरोना महामारी नियन्त्रणमा आउन नसकेको जनाएको छ ।

एम्नेस्टीले मंगलबार सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१/२२ः विश्वको मानवअधिकार अवस्था’ प्रतिवेदनमा ठूला कर्पोरेटहरूसँग मिलेर राष्ट्रहरूले विश्वव्यापी रूपमा रहेको असमानतालाई झन् गहिरो बनाएको उल्लेख छ ।

‘सन् २०२१ कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रण भइसकेको वर्ष हुनुपथ्र्यो । तर यो गहिरो असमानता र झन् अस्थिरतालाई बढावा दिने बर्ष बन्यो र यसको असर आउँदा वर्षहरूमा रहिरहनेछ,’ एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामाईले भनिन् ।

कोरोना महामारीले गरेको क्षतिलाई कम गर्न गरेको वाचाहरू तोड्दै राजनीतिक नेता तथा ठूला कर्पोरेटहरूले मानिसको जीवनभन्दा मुनाफा र शक्तिलाई प्राथमिकता दिएको आरोप एम्नेस्टीले लगाएको छ ।

‘एक पछि अर्को नेतृत्वले जरा गाडेर रहेको असमानतालाई सम्बोधन गर्नका लागि ‘अझ राम्रोसँग पुनर्निर्माण गर्ने’ झुटा वाचा गरे, जसले महामारीको प्रभावलाई अझ गम्भीर बनाएको छ । यसको सट्टामा उनीहरूले ठूला कर्पोरेटहरूसँग मिलेर धोका तथा लालचको कहालीलाग्दो नाटक गरेका छन्,’ कालामाईले भनिन् ।

यसको असर गरिबीको अग्रपंक्तिमा रहेकाहरूलगायत सबैभन्दा बढी सीमान्तकृत समुदायहरूमा परेको प्रतिवेदनमा उल्लेख छ ।

यूरोपेली संघका सदस्य राष्ट्रहरू, बेलायत र अमेरिका जस्ता धनी राष्ट्रहरूले आवश्यकताभन्दा बढी खोपहरू भण्डारण गरेर गरिव देशका जनतालाई खोपको पहुँचभन्दा बाहिर राखेको एम्नेस्टीले जनाएको छ ।

ठूला औषधी उत्पादक कम्पनीहरूले खोपको व्यापक वितरणका लागि आफ्ना प्रविधिहरू साझेदारी गर्न इन्कार गरेर मानिसको जीवनभन्दा मुनाफालाई प्राथमिकता दिएको प्रतिवेदनमा जनाइएको छ ।

‘सन् २०२१ मा फाइजर, बायोएनटेक र मोडर्नाले ५४ अर्ब अमेरिकी डलर आय प्रक्षेपण गरेका थिए । तर ती कम्पनीहरूले आफूले उत्पादन गरेको खोपको दुई प्रतिशत भन्दा पनि कम मात्र खोप न्यून आय भएका देशहरूमा आपूर्ति गरे,’ प्रतिवेदनमा भनिएको छ ।

सामाजिक सञ्जालहरुले पनि खोपका विषयमा भ्रामक कुरा फैलाएर खोपमैत्री वातावरण बनाउन मद्दत नगरेको आरोप एम्नेस्टीको छ ।

‘फेसबुक, इन्स्टाग्राम र ट्विटर जस्ता सोसल मिडिया कम्पनीहरूले कोभिड–१९ बारे गलत सूचनाको प्रवाह गरी जनमानसमा खोपप्रति हिच्किचाहटको अवस्था सृजना गरे । केही राजनीतिक नेताहरूले पनि आफ्नो राजनीतिक लाभको लागि कोभिड–१९ खोपबारे अविश्वास र डर उत्पन्न गराउनुका साथै भ्रामक जानकारी फैलाउने काम गरे,’ एम्नेस्टीले भनेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ११ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ