ओस्कारको मञ्चमै झापड हानेका विल स्मिथले मागे माफी « Khabarhub

ओस्कारको मञ्चमै झापड हानेका विल स्मिथले मागे माफी


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भइसकेको छ । यद्दपि यस संस्करणमा कसले के अवार्ड पाए भन्दा पनि अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेका थिए । क्रिसले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरे । त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गए र क्रिसलाई जोडले थप्पड हाने ।

यद्दपि अभिनेता स्मिथले माफी मागेका छन् । जेडाको स्वास्थ्य अवस्थाको बारेमा गरिएको ठट्टा आफ्नो लागि असह्य भएको र चाँडै प्रतिक्रिया जनाएको उल्लेख गर्दै स्मिथले सामाजिक सञ्जाल मार्फत नै माफी मागेका छन् । माफी माग्दै उनले आफू सबैखाले हिंसाको विरुद्ध रहेको उल्लेख समेत गरेका छन् । ‘क्रिस, म सार्वजनिक रुपमा तिमीसँग भएको घटनाप्रति माफी चाहन्छु । म मर्यादाबाट बाहिर गएको थिएँ र म गलत थिएँ । म लज्जित छु र मैंले गरेको कार्य मैंले बन्न चाहेको मान्छेको सूचक थिएन । प्रेम र दयाको संसारमा हिंसाको कुनै ठाउँ छैन ’ उनले लेखेका छन् ।

अभिनेता स्मिथले ओस्कार अवार्डमा आफ्नो व्यवहार अस्वीकार्य र अक्षम्य रहेको समेत निष्कर्ष निकालेका छन् । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले आफ्नी पत्नी जेडाप्रति व्यंग्य गरेपछि स्मिथले मञ्चमै उक्लिएर रकलाई थप्पड हानेका थिए । उनले ओस्कार अवार्ड समारोहमा भएको घटनाप्रति सार्वजनिक रुपमै माफी मागेका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : १३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा