महिलालाई विद्यालय जानबाट बञ्चित गर्ने तालिबानको निर्णयको ईयूद्वारा निन्दा « Khabarhub

महिलालाई विद्यालय जानबाट बञ्चित गर्ने तालिबानको निर्णयको ईयूद्वारा निन्दा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियन ईयूले अफगानिस्तानको तालिबान सरकारले महिलालाई विद्यालय जानबाट बञ्चित गरेको भन्दै निन्दा गरेको छ । ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै तत्काल महिलालाई विद्यालय जाने वातावरण बनाउन समेत तालिबानसमक्ष माग गरेको छ ।

‘अनिश्चितकाल सम्मका लागि दश लाख भन्दा धेरै महिला र बालिकालाई माध्यमिक तहको शिक्षाबाट बञ्चित गर्ने तालिबानको निर्णयको अन्तर्राष्ट्रिय साझेदारहरुका साथ युरोपेली युनियन र यसका सदस्य राष्ट्रहरु निन्दा गर्दछन् ।’ विज्ञप्तिमा जनाइएको छ, ‘यो सबै बालबालिकाले शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको उल्लङ्घन हो, यसले अफगानिस्तानले हस्ताक्षार गरेका मानव अधिकारको सर्वव्यापी घोषणापत्र एवम् धेरै मानव अधिकारका सन्धिहरुको उल्लङ्घन गर्छ ।’

तालिबानले गत बुधबारदेखि महिलालाई विद्यालय जान खुला गर्ने बताइएको थियो । तर कार्यान्वयन हुनु केही घण्टा अघिमात्रै उक्त निर्णय अर्को सूचना जारी नभएसम्मका लागि रद्द गरिएको तालिबानले जनाएको थियो ।

त्यसयता क्यानाडा, इटाली, फ्रान्स, नर्वे, अमेरिका, बेलायतजस्ता मुलुकले तालिबानको निन्दा गरिसकेका छन् 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ५० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा