शेयर बजार दोहोरो अंकले ओरालाे « Khabarhub

शेयर बजार दोहोरो अंकले ओरालाे


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली शेयर बजार नेप्से परिसूचक मंगलबार दोहोरो अंकले ओरालाे लागेकाे छ । मंगलबार नेप्से परिसुचक १४ दशमलब २६ अंकले ओरालाे लाग्दै २५ सय २७ दशमलव २७ अंकमा पुगेर रोकिएको छ ।

मंगलबार शेयर बजारमा ३८ लाख ९० हजार १३१ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ भने कारोबार रकममा उतारचढाव भइरहेको छ ।

मंगलबार तीन कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सर्किट मूल्यमा कारोबार भएको छ । इमर्जिंग नेपाल कम्पनीको सेयर मूल्य ९२ रुपैयाँले बढेर एक हजार १२ रुपैयाँमा कारोबार भएको छ ।

नेष्ट्रो समृद्ध लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्य १० प्रतिशत अर्थात ७९ रुपैयाँ बढेर ८७२ रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९१ रुपैयाँले बढेर एक हजार ९० रुपैयाँमा कारोबार भयो ।

नेप्सेमा मंगलबार लाइफ इन्स्योरेन्स सेक्टरको सेयर परिसूचक २१९ अंकले ओरालाे लागेको छ भने अन्य सेक्टरमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा ६२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने १४७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ४९ बजे

कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

गण्डकी – कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

विजयोत्सव नमनाउन रास्वपाको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र