त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध मुद्दा, परिणाम फेरबदल गरेको आरोप « Khabarhub

त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध मुद्दा, परिणाम फेरबदल गरेको आरोप


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।

परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

२०७३ फागुन १८ गते उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदमा भर्नाका लागि विज्ञापन निस्किएको थियो ।

यही विज्ञापनअन्तर्गत भएको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरेको उनीहरूमाथि आरोप लागेको छ ।

आरोपितहरूले उम्मेदवारहरूको प्राप्ताङक केरमेट गरेको र अंक थपघट गरी नतिजा फेरबदल गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ०९ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि