त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध मुद्दा, परिणाम फेरबदल गरेको आरोप « Khabarhub

त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध मुद्दा, परिणाम फेरबदल गरेको आरोप


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।

परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

२०७३ फागुन १८ गते उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदमा भर्नाका लागि विज्ञापन निस्किएको थियो ।

यही विज्ञापनअन्तर्गत भएको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरेको उनीहरूमाथि आरोप लागेको छ ।

आरोपितहरूले उम्मेदवारहरूको प्राप्ताङक केरमेट गरेको र अंक थपघट गरी नतिजा फेरबदल गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ०९ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल