शल्यक्रिया गर्न औषधि समेत छैन श्रीलंकामा « Khabarhub

शल्यक्रिया गर्न औषधि समेत छैन श्रीलंकामा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकट झेलिरहेको श्रीलंकामा औषधिको अभावमा शल्यक्रिया नै स्थगित गरिएको छ । मध्य श्रीलंकाको केण्डीमा रहेको पेरादेनिया अस्पतालका निर्देशकले सोमबारमात्रै औषधिको अभावमा सबै शल्यक्रिया स्थगित गरिएको जनाएका थिए ।

अस्पतालले जारी गरेको निर्देशनमा भनिएको छ, ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि चाहिने धेरै औषधिहरु र उपचार सामग्रीको अभाव छ । नियमित शल्यक्रिया र यसअघि नै भर्ना भएका बिरामीको समेत शल्यक्रिया स्थगित गर्ने निर्णय गरिएको छ ।

यही क्रममा बिम्सटेकको बैठकमा सहभागी हुन श्रीलंकामा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले औषधिको समेत अभाव रहेको मुलुकलाई सहयोग गर्न राजधानी कोलम्बोमा रहेको भारतीय उच्च आयुक्तलाई आग्रह गरेको बताएका छन् ।

‘यो समाचारले निराश तुल्याएको छ । मैले उच्च आयुक्त बग्लेलाई भारतले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा सम्पर्क गरी छलफल गर्न भनेको छु ।’ जयशंकरले ट्विट गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ०५ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको