शल्यक्रिया गर्न औषधि समेत छैन श्रीलंकामा « Khabarhub

शल्यक्रिया गर्न औषधि समेत छैन श्रीलंकामा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकट झेलिरहेको श्रीलंकामा औषधिको अभावमा शल्यक्रिया नै स्थगित गरिएको छ । मध्य श्रीलंकाको केण्डीमा रहेको पेरादेनिया अस्पतालका निर्देशकले सोमबारमात्रै औषधिको अभावमा सबै शल्यक्रिया स्थगित गरिएको जनाएका थिए ।

अस्पतालले जारी गरेको निर्देशनमा भनिएको छ, ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि चाहिने धेरै औषधिहरु र उपचार सामग्रीको अभाव छ । नियमित शल्यक्रिया र यसअघि नै भर्ना भएका बिरामीको समेत शल्यक्रिया स्थगित गर्ने निर्णय गरिएको छ ।

यही क्रममा बिम्सटेकको बैठकमा सहभागी हुन श्रीलंकामा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले औषधिको समेत अभाव रहेको मुलुकलाई सहयोग गर्न राजधानी कोलम्बोमा रहेको भारतीय उच्च आयुक्तलाई आग्रह गरेको बताएका छन् ।

‘यो समाचारले निराश तुल्याएको छ । मैले उच्च आयुक्त बग्लेलाई भारतले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा सम्पर्क गरी छलफल गर्न भनेको छु ।’ जयशंकरले ट्विट गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ०५ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु