स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय (भिडियो) « Khabarhub

स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय (भिडियो)


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रवक्ता महतले निर्णय कार्यान्वयनका लागि केन्द्रदेखि तल्लो तहसम्मै संयन्त्र बनाइने बताए। कांग्रेसको प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले स्थानीय अवस्था हेरी कुन दलसँग तालमेल गर्ने भन्ने निर्णय गर्ने महतले बताए।

बैठकले उपसभापति पूर्णबहादुर खड्कको संयोजकत्वमा निर्वाचन परिचालन समिति र महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति समेत गठन गर्ने निर्णय गरेको छ।

केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र उनी पक्षीय नेताहरूले गठबन्धमा जाने धारणा राखेपनि डा. शेखर कोइराला पक्षका नेताहरूले गठबन्धन गर्न नहुने धारणा राखेका थिए।

चुनावी गठबन्धनमा पार्टीभित्र विवाद भएपछि मध्यमार्गी बाटोबाट आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिएको हो।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ४६ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ