स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय (भिडियो) « Khabarhub

स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने कांग्रेसको निर्णय (भिडियो)


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रवक्ता महतले निर्णय कार्यान्वयनका लागि केन्द्रदेखि तल्लो तहसम्मै संयन्त्र बनाइने बताए। कांग्रेसको प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले स्थानीय अवस्था हेरी कुन दलसँग तालमेल गर्ने भन्ने निर्णय गर्ने महतले बताए।

बैठकले उपसभापति पूर्णबहादुर खड्कको संयोजकत्वमा निर्वाचन परिचालन समिति र महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति समेत गठन गर्ने निर्णय गरेको छ।

केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र उनी पक्षीय नेताहरूले गठबन्धमा जाने धारणा राखेपनि डा. शेखर कोइराला पक्षका नेताहरूले गठबन्धन गर्न नहुने धारणा राखेका थिए।

चुनावी गठबन्धनमा पार्टीभित्र विवाद भएपछि मध्यमार्गी बाटोबाट आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिएको हो।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ४६ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल