शनिबार रेलको उद्घाटन हुने « Khabarhub

शनिबार रेलको उद्घाटन हुने


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कुर्था–जयनगर रेल सेवाको शनिबार उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेलको उद्घाटन गर्न लागेका हुन् ।

उनीहरूले भर्चुअल रूपमा रेल उद्घाटन गर्ने बुझिएको छ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा रहेका बेला रेलको उद्घाटन हुने भएको हो ।

उनी शुक्रबार तीनदिने भ्रमणका लागि भारत जाँदै छन् ।

यसअघि, रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुन १० गतेभित्र रेलको उद्घाटन हुने दाबी गरेका थिए ।

गत वर्ष असोज २ गते भारतबाट नेपाल ल्याइएको रेल करिब १७ महिनासम्म त्यतिकै थन्काएर राखिएको थियो ।

कम्पनीले फागुन १ गतेदेखि एक दिन बिराएर बिनायात्रु (ड्राई रेल) चलाउँदै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : १९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट