‘शान्तिवार्तामा विष आतंक’ – केही नखान/नपिउन वार्ताकारलाई युक्रेनी विदेशमन्त्रीको निर्देशन « Khabarhub

‘शान्तिवार्तामा विष आतंक’ – केही नखान/नपिउन वार्ताकारलाई युक्रेनी विदेशमन्त्रीको निर्देशन


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शान्ति वार्ताका क्रममा दिइएको खानेकुरा र पेय पदार्थ सेवन नगर्न आफ्ना वार्ताकारलाई युक्रेनी विदेशमन्त्रीले सचेत गराएको छ ।

‘म रुसी वार्ताकार हरुसँगको छलफलमा सहभागी जो कोहीलाई केही पनि नखान वा नपिउन र कुनै सतहमा नछुन समेत सल्लाह दिन्छु ।’ युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदै बताएका छन् ।

चेल्सी क्लबका मालिक एवम् रुसी धनाढ्य रोमन अब्रामोभिचले शान्ति वार्ताका क्रममा विष सेवन गरेको लक्षण देखाएको भन्ने समाचार आएपछि युक्रेनी विदेशमन्त्रीले आफ्ना वार्ताकारलाई सचेत गराएको हो ।

यही मार्च महिनाको शुरुमा बेलारुसमा भएको शान्ति वार्ताका क्रममा अब्रामोभिचले विष सेवन गरेको लक्षण देखाएका थिए । उनको आँखा रातो भएको र छाला समेत फुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसबाहेक केहीसमय सम्म उनमा अन्धोपन समेत देखिएको जनाइएको छ ।

हाल टर्कीको इस्तानबुल शहरमा रुस र युक्रेनका वार्ताकार हरुबीच युद्ध अन्त्य एवम् शान्ति सम्झौताका विषयमा छलफल भइरहेको छ 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ३५ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले