प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री देउवाले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्ने भएका छन् ।

उनले सम्मेलनलाई काठमाडौँबाट भर्चुअल सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छन् । ‘प्रधानमन्त्रीज्यूले बुधबार बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ,’ उनले भनिन् ।

शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदैछ ।

शिखिर सम्मेलनअघि मंगलबार कोलम्बोमा बिमस्टेक विदेशमन्त्रीस्तरीय बैठक बसेको थियो । बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का सहभागी भएका थिए । उनले बैठकलाई सम्बोधन गरेका थिए ।

बिमस्टेक शिखर सम्मेलनको दिन बुधबार कोलम्बोमा सदस्य राष्ट्रहरूबीच चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुने प्रवक्ता लम्सालले जानकारी दिइन् ।

लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी आबद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोगसम्बन्धी बिमस्टेक समझदारीपत्र रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ५ : ४१ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ