रुसले किभ र चेर्निभमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ « Khabarhub

रुसले किभ र चेर्निभमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको राजधानी किभ र उत्तरी शहर चेर्निभमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ भएको छ । रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फेमिनले किभको बाहिरी भाग र चेर्निभमा आक्रमण घटाउने बताएको रुसी समाचार संस्था तासले जनाएको छ ।

रुसी र युक्रेनी वार्ताकारबीच टर्कीको मध्यस्थतामा इस्तानबुलमा भएको प्रत्यक्ष शान्ति वार्ता पछि उप रक्षामन्त्रीको यस्तो भनाइ आएको हो ।

एक महिना भन्दा लामो समयदेखि युक्रेनमाथि आक्रमण गर्दै आएको रुसी फौजको गति सुस्ताएका बेला रुसी पक्षबाट आएको यस्तो भनाइलाई निकै महत्वका साथ हेरिएको छ ।

यद्यपि रुसले पहिले पनि यस्तै बाचा गर्ने गरेको तर व्यवहारमा कार्यान्वयन नगरेको भन्दै आलोचना समेत हुने गरेको छ ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभको उत्तरपश्चिमी क्षेत्रमा रहेको इरपिन शहरबाट रुसी फौजलाई लखेटेको जनाएका थिए । यद्यपि इरपिनबाट रुसी फौज लखेटिएपनि त्यहाँ लडाइ जारी रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : २८ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा