प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : प्रा. डा. बराल « Khabarhub

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : प्रा. डा. बराल


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने दाबी गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको परिवेशमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लाग्नु आफैँमा सुखद् संकेत भएको र अडिएर रहेको दुई देशबीचको सम्बन्धमा गतिशिलता देखिने दाबी गरेका हुन्। उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम गर्न नहुने धारणा राखे ।

डा. बरालले नेपाल–भारत सम्बन्ध भन्नेबित्तिकै यसका बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे। भूगोलले पनि नेपालको परराष्ट्र नीतिलाई निर्धारण गरेको उनको भनाइ छ । त्यस्तै बरालले भारतसँगको सन्धि नै असमान रहेको र यसलाई परिवर्तन गर्नुपर्छ भन्नेहरु पनि प्रधानमन्त्री भएर आएको तर उनीहरुले परिवर्तन गर्न नसकेको जिकिर गरे।

बरालले अब नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन स्वतः खारेज भएको सरह रहेको टिप्पणी गरे। अहिलेको परिवेशमा अरु मुलुकको पनि सक्रियता बढेकोले नेपालले पनि आफ्नो रणनीति बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ३९ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको