कार्मको ‘षट्कोण’ लुक्ससँगै रिलिज डेट घोषणा « Khabarhub

कार्मको ‘षट्कोण’ लुक्ससँगै रिलिज डेट घोषणा


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आउँदो वर्ष बैशाख २३ गतेबाट प्रदर्शन आउने घोषणासँगै फिल्मको फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ ।

सार्वजनिक फस्टलुकमा अभिनेता कार्मलाई मात्र प्रस्तुत गरिएको छ । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मललाई मिलन डी काप्रीले निर्देशन गरेका छन् ।

मिलनले डेब्यु निर्देशनमै साइकोलोजिकल थ्रिलर विषयवस्तु रोजेका छन् । यसमा कार्मसँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्ममा संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ५७ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त