‘निर्माण होलिडे’ घोषणा गर्न निर्माण व्यवसायी महासंघको माग « Khabarhub

‘निर्माण होलिडे’ घोषणा गर्न निर्माण व्यवसायी महासंघको माग


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री अत्यधिक महँगो भएको भन्दै ‘निर्माण होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेको छ ।

महासंघको हालै सम्पन्न राष्टिय भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महँगो भएका कारण लागत पनि बढ्न जाने भएकाले निर्माण होलिडे घोषणा गर्नुपर्ने बताए ।

उनले निर्माण होलिडे घोषणा गर्न नसकिए निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको असर न्यून गर्न आग्रह गरे। अध्यक्ष सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने बताए। निर्माण सामाग्रीमा भएको शतप्रतिशत मूल्य वृद्धिसँगै बजारमा तिनको अभाव र कालोबजारी समेत सुरु भएको अध्यक्ष सिंहले बताए । मूल्यवृद्धिको समायोजनका लागि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम सबै आयोजनाहरूमा व्यवसायीले मूल्य वृद्धि पाउने गरी २०६५ सालमा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मागदर्शन नं.–२ तुरुन्त जारी गर्नु पर्ने उनले बताए।

महासंघले सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौँ संशोधनको त्रुटि सच्याएर मुलुकको निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ३२ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्