रुस–युक्रेन वार्ता सकारात्मक– जेलेन्स्की र पुटिनबीच भेटको सम्भावना बढ्यो | Khabarhub Khabarhub

रुस–युक्रेन वार्ता सकारात्मक– जेलेन्स्की र पुटिनबीच भेटको सम्भावना बढ्यो


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युद्ध अन्त्य गर्ने विषयमा रुसी र युक्रेनी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुल शहरमा भएको प्रत्यक्ष शान्तिवार्ता सकिएको छ । वार्ता सकारात्मक भएको दुबै तर्फका प्रतिनिधिले बताएका छन् ।

जर्मनीको टेलिभिजन च्यानल डीडब्लूको अनलाइन संस्करणले जनाएअनुसार रुसी पक्षले वार्तालाई ‘रचनात्मक’ भन्दै युद्ध अन्त्य गर्ने आशा बढाएको टिप्पणी गरेको छ । चार घण्टासम्म चलेको छलफलपछि युक्रेनी प्रतिनिधिमण्डलले पनि वार्तालाई सकारात्मक भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ताको सम्भावना बलियो बनेको प्रतिक्रिया दिएको छ ।

वार्तापछि युक्रेनी प्रतिनिधिमण्डलले पत्रकारहरुलाई बताअनुसार सुरक्षा ग्यारेन्टी भएको खण्डमा युक्रेनले तटस्थताको स्वीकार गर्नेछ । नयाँ सुरक्षा व्यवस्थाअनुसार टर्की, इजरायल, पोल्याण्ड र क्यानाडाले युक्रेनी सुरक्षाको ग्यारेन्टी लिनुपर्नेछ ।

यस व्यवस्था अनुसार युक्रेनले आफ्नो भूमिमा कुनै विदेशी सैनिक आधार स्थापना गर्न नदिने बाचा समेत गरेको छ । साथै सन् २०१४ मा रुसले आफूमा गाभेको क्राइमियाका विषयमा पनि छलफल गर्न तयार रहेको युक्रेनी पक्षको भनाइ छ ।

यता रुसी वार्ता टोलीका प्रतिनिधि भ्लादिमिर मेदिन्स्कीले भने दुबै मुलुकका विदेशमन्त्रीले शान्ति सम्झौतालाई मान्यता दिएको खण्डमा मात्रै दुई राष्ट्रपतिबीच भेटवार्ता हुने बताएका छन् ।

यसअघि रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फोमिनले रुसी फौजले युक्रेनको राजधानी किभ र चेर्निभ शहरमा सैनिक आक्रमणको स्तरमा व्यापक कमी ल्याउने बताएका थिए ।

यो वार्ता दोश्रो दिन पनि जारी रहने वा नरहने भन्ने अझै स्पष्ट नभइसकेको बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ५५ बजे

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौं– वैदेशिक रोजगार विभागले जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीका कारण