छायांकनको तयारीमा ‘प्रसाद २’ टिम « Khabarhub

छायांकनको तयारीमा ‘प्रसाद २’ टिम


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७५ सालमा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेल बन्ने खबरले चर्चा पाएता पनि छायांकन अझै हुन सकेको छैन ।

दिनेश राउत निर्देशित प्रसादमा विपिन कार्की , नम्रता श्रेष्ठ , निश्चल बस्नेतको मुख्य अभिनय रहेको थियो । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका थिए । फिल्मले समीक्षकबाट त राम्रो प्रतिक्रिया पायो नै दर्शकले पनि रुचाए । फलत: फिल्म बक्स अफिसमा पनि सफल रह्यो । ‘प्रसाद २’ मा पनि सुशीलकै लेखन रहेको छ तर निर्देशक फेरिएका छन् ।

आफूले सिक्वेल फिल्म निर्देशन नगर्ने बताएपछि प्रसादको सिक्वेललाई दिनेशले नभई सौरभ चौधरीले निर्देशन गर्दै छन् । ‘लभ डायरिज’ मार्फत निर्देशनमा डेब्यु गरेका सौरभको लागि यो फिल्म आफूलाई प्रमाणित गर्ने अवसर बन्नेमा दुई मत छैन ।

तर, फिल्मको छायांकन हुन सकेको छैन । केही समय यता छायांकनमा जान अल्मलिएको फिल्म यही महिनाको अन्तिममा वा आउँदो महिना वैशाखमा छायांकनमा जाने तयारी गर्दैछ । नम्रताले यही साता विनय श्रेष्ठसँग अभिनय गर्ने फिल्मको मुहूर्त गर्दै छिन् ।

यसैले गर्दा पनि त्यसअघि नै फिल्मको छायांकन गर्ने गरी निर्माता सुभाष थापाले तयारी थालेका छन् । यसका लागि उनले लेखक पौडेलसँगै निर्देशक सौरभ र कलाकारहरू विपिन, नम्रता तथा निश्चलसँग छलफल गरिरहेका छन् । सोसल ड्रामा फिल्मलाई बाग्लुङसहित आसपासमा छायांकन गरिने बुझिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १० : १७ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त