'मेरो सपना पूरा भयो'  | Khabarhub Khabarhub

‘मेरो सपना पूरा भयो’ 


१५ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसवर्षको प्रतीक्षित फिल्म मध्येको एक ‘केजीएफ : च्याप्टर २’ हो । यसको ट्रेलर सार्वजनिक भएसँगै चर्चा सुरु भइसकेको छ ।

फिल्ममा मुख्य भूमिकामा छन् यश । फिल्मको कथालाई उनकै यात्रा मार्फत अगाडि बढाइएको छ । रकीको भूमिकामा यशले फ्यानको मन जितेका छन् । उनलाई फ्यानले ‘रकी भाइ’ भन्ने गरेका छन् । 

यशले पनि फिल्म मार्फत आफूले पाएको सफलतालाई बुझेका छन् । उनले ट्रेलर रिलिज इभेन्टमा कुराकानी गर्दै आफ्नो सपना पुरा भएको बताएका छन् । ‘मेरो फिल्म उद्योग कन्नडालाई विश्वमा चिनाउने सपना थियो । त्यसलाई केजीएफले केही हदसम्म पुरा गरेको छ । जब हामीसँग प्रशान्त जस्ता निर्देशक हुन्छन् । सपना पुरा हुन् समय लाग्दैन’ यशले भने ।

उनले केजीएफलाई पूर्ण रुपमा निर्देशकको सोच अनुसारनै तयार गरिएको बताए । ‘यसमा निर्देशकको सोच छ । निर्माताको लगानी छ । हामी त केवलसँगै उभिएका मात्र हौँ’ यशले भने । यशले केजीएफ मार्फत कन्नडा फिल्म उद्योगलाई पनि विश्वले रेस्पेक्ट गर्न लागेकोमा खुशी व्यक्त गरे । फिल्ममा अधीराको भूमिकामा देखा पर्ने अभिनेता संजय दत्तले आफु केजीएफमा जोडिन पाउँदा खुशी लागेको बताए । 

‘यो फिल्मले मलाई मेरो डेब्यु समयमा फर्कायो । यो हिरो भएको फिल्म हो । यसलाई हेर्दा फिल्म हेरे जस्तो लाग्छ’ संजयले भने ।  उनले रकी क्यारेक्टर आफ्नो मनको नजिक रहेको समेत बताए । ‘रकी मेरो डेब्यु फिल्म हो । त्यसैले यो मेरो मनको नजिक छ’ संजयले भने । ‘केजीएफ : च्याप्टर १’ मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ । पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ । किनकी यस पटक दर्शकको अपेक्षा झनै बढेको छ ।

यसै फिल्म मार्फत यश कन्नडा फिल्मबाट हुँदै भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, संजय दत्त, रविना टन्डन , प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ । पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नडा फिल्मलाई नै बलिउडमा चिनाएको हो । कन्नडा भाषामा बनेको यो फिल्मलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : ४७ बजे

नेप्सेको सीईओका लागि पाँचजनाको नाम सार्वजनिक, बुधबार अन्तर्वार्ता

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत

पिएम कप : कोशीको आक्रामक बलिङ, १९ रन बनाउँदा गण्डकीले गुमायो ७ विकेट

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत

चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

म्याग्दी– समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि

स्यूचाटारमा आगलागी, १५ लाख बढीको क्षति

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका–७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी

हाउथीलाई निसाना बनाउँदै ट्रम्प: अमेरिकाले गर्‍यो हवाई आक्रमण

काठमाडौं – यमनको हाउथी समुदायलाई लक्षित गरी अमेरिकाले हवाई आक्रमण