म नेपालमा भारतीय लगानीको प्रतिनिधित्व गर्छु । यसमा एउटा व्यवहारिक समस्या के आइरहेको छ भने नेपालमा दर्ता गर्नको लागी मुख्य ब्राण्ड रहेको देशमा स्थायी दर्ता भएको चाहिन्छ । भारतमा प्रकिया के छ भने ब्राण्ड दर्ता गरेर साधारणतया ६ महिनाभित्र अस्थायी दर्ता प्रमाणपत्र पाउँछ ।
यस अवधिमा ब्राण्ड मालिकले अस्थायी दर्ता प्रमाणपत्रको आधारमा आफ्नो ब्राण्ड लन्च गर्छ । स्थायी दर्ता प्रमाण पत्र पाउनका लागी पाँचदेखि सात वर्ष लाग्छ । तिनीहरूले सुरुवात गरेको एकदेखि डेढ वर्षसम्म सफल हुन्छ कि हुँदैन, हेर्छ ।
जबसम्म ब्राण्डको मुख्य मालिकले उसको देशमा स्थायी दर्ता पाउँदैन । तबसम्म नेपालमा दर्ता गर्न सक्दैन । त्यसैले चार वर्ष भित्रमा जसले ब्रान्डको सफलता देख्छ र लन्च गर्छ, बजारको महसुस गरेर नेपालमा पनि दर्ता गर्छ ।
जब ब्राण्डको मुख्य मालिकले नेपालमा दर्ता गर्नका लागी मौका हेर्छ । त्यत्ति बेलासम्म अरूले दर्ता गरेर लन्च गरिसकेको हुन्छ । बजारमा मोडेल पनि आइसकेको हुन्छ र उसले यस विरुद्ध मुद्दा लड्नुपर्दा सातदेखि दश वर्षसम्म समय लाग्छ । एउटा समस्या यो पनि हो ।
कसैले ब्राण्ड दर्ता किन गर्दैन त ? यसको दुई वटा विकल्प छन् । एक विकल्पमा, स्थानीय कम्पनीको नाममा दर्ता गर्नु हो । त्यसको लागी होम रजिस्ट्रेसन चाहिँदैन । यो अवस्थामा भोलि गएर त्यही ब्राण्ड उत्पादन गर्छु भने ब्राण्डको बिक्रीबाट रोयल्टी पठाउन सक्दैन ।
सिद्धान्तले दर्ता गर्न दिँदैन । दोस्रो, अर्को समस्या नियममा एउटा यस्तो प्रावधान पनि छ की दर्ता गरेको एक वर्षभित्र ब्राण्ड लन्च गरेन भने उद्योग विभागलाई दर्ता खारेज गर्ने की नगर्ने बारेमा सोच्नुपर्छ ।
अर्को कुरा, जुन बेला एउटा कम्पनी यहाँ आउँछ, त्यही बेलामा सुरुमै नियमको कुरा आउँछ । मैले जुन कम्पनीलाई प्रतिनिधित्व गर्छु । त्यसको कुरा गर्नुपर्दा हामी सन् २००० मा नेपाल आउने बेलामा हाम्रो चार वटा ब्रान्ड थियो । आजको दिनमा हामीसँग दश वटा अम्ब्रेला ब्राण्ड छ । जसको चौबिस वटा व्यक्तिगत ब्राण्ड छ । हाम्रो मुख्य कम्पनी ‘बर्जर’ भारतमा १२० ब्राण्ड छन् । नेपालमा जम्मा कति वटा ब्राण्डलाई दर्ता गर्ने ? कसरी गर्ने ? यो एउटा व्यवहारिक समस्या छ।
अहिले ‘नेरु ल्याक’को जुन निर्णय गरिएको छ, यो एउटा ऐतिहासिक निर्णय हो । किनभने आर्टको जति जुन कानुनी दायित्व छ । मैलै अहिलेसम्म यस्तो राम्रो निर्णय सुनेको छैन । यो अवश्य स्वागतयोग्य छ । हामीलाई लाग्छ भविष्यमा यसको निकै सुधार हुनेछ । ‘एफडीआई’ धेरै आउन सकेको छैन । यसको लागी एउटा उदाहरण दिन्छु ।
‘आईटीसी’को ‘आइटीसी रिटेल’को एउटा भर्टिकल छ । जहाँ तिनीहरुसँग फरक ग्राहकको उत्पादन ब्राण्ड छ । दुर्भाग्यबस् तिनीहरूले अहिलेसम्म एउटा ब्राण्ड पनि नेपालमा दर्ता गर्न सकेको छैन । किनभने अरु कोहीले अगाडि नै दर्ता गरेर व्यापार गरिरहेको छ । त्यसैले उनीहरुले एउटा व्यापारिक अवसर गुमाएका छन् । जसबाट विदेशी लगानी आउन सकेन ।
‘थ्रेसहोल्ड लेभल’को कुरा गर्ने हो भने हाम्रो फरक चरणमा पुरा भएको छ । पाँच करोडलाई क्षेत्रअनुसार एउटा रणनीति लिनुपर्छ । केही दिन अगाडी उद्योग मन्त्रालयले एउटा सेमिनार आयोजना गरेको थियो ।
त्यो कार्यक्रममा सबै जना ‘सेक्टरियल नीति’मा जान असहमत थिए । जस्तै सफ्टवेयर कम्पनीमा पाँच करोड लगानी जरुरी नै छैन । निर्माण कम्पनी हो भने पाँच करोड कम पनि हुनसक्छ । हामीले के बुझ्नु पर्यो भने हामीलाई वैदेशिक लगानी चाहिएको छ । तर वैदेशिक लगानीमा पनि हाम्रो प्राथमिक सेक्टर के हो भनेर बुझ्नु पर्छ ।
जहाँ ठुलो उद्योगको स्कोप छ, त्यहाँ दुई पाँच करोडको लगानी केही हुँदैन । हामीले बिजनेसको स्कोप कति छ, बिजनेस विस्तार कति गर्न सक्छ, त्यसबाट रोजगार कति सिर्जना गर्न सक्छ, सरकारको राजश्व कति आउँछ, प्रत्यक्ष लगानी कति आउँछ, बुझ्नुपर्छ । त्यसकारण ठुलो उद्योगको लागी पाँच करोडको सीमा सीमित नुहुन सक्छ । सेक्टरगत नीति जहाँ चाहिँदैन त्यहाँ कम गरे हुन्छ । हामीले औद्योगिक क्षेत्र वा बिजनेस भर्टिकलमा बिजनेस गर्ने स्कोप कतिको हुनसक्छ, विश्लेषण गर्नुपर्छ ।
तेस्रो बुँदामा लगानीकै कुरा गर्नु पर्दा सन् १९९० मा आधारभूत वैदेशिक लगानीको सुरुवात भयो । त्यही बेला र अहिलेमा के परिवर्तन आयो हामीले बुझ्दिनुपर्छ । त्यही बेला भारत र नेपालको तुलनात्मक म्याक्रो–इकोनोमिक अवस्था थियो । यस बेला भारत त्यत्ति राम्रो अवस्थामा गुज्रिरहेको थिएन । औसत जीडीपी वृद्धिदर चार प्रतिशत जति थियो । यही बेला नेपालको राम्रो अवस्था थियो । जीडीपी वृद्धिदर सात प्रतिशतले भइरहेको थियो । नेपालमा अवसर थियो । आजको दिनमा अवस्था विल्कुलै उल्टो छ ।
भारतले प्रगति गरिरहेको छ भने नेपालले छैन । त्यसैले भारतबाट लगानी ल्यायो भने हामीलाई भारतको वातावरणसँग काम सम्पन्न गर्नु पर्थ्यो । त्यति बेला मात्र लगानी आउँथ्यो । यदि कसैले घर बसाएको छैन भने राम्रो ‘रिटर्न’ पाउँछ भने किन नेपाल आएर यति कष्ट लिन्छौ ? त्यसैले आज हामीलाई चाहिएको भनेर खोजिरहेको छन् ।
हामीलाई आजको दिनमा भारतमा लगानीको प्रोत्साहन छ । समग्र आर्थिक अवस्थालाई अनुकूलन गर्न प्रोत्साहन या आर्थिक प्रदर्शन त्यही स्तरमा लानुपर्छ । त्यसपछि मात्र लगानी आउँछ ।
(खबरहबद्धारा आयोजित नेपालमा ब्राण्ड दर्ता र लगानीको समस्याका विषयमा बर्जर कम्पनीका नेपाल प्रमुख सैबल घोषले राखेको विचारको सम्पादित अंशः)
(प्रस्तुती : पासाङ लामा ह्योल्मो)